बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संकटमा आरन व्यवसायी

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
संकटमा आरन व्यवसायी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कैलाली । धनगढी उपमहानगरपालिका–२ छ लेन सडक छेउमा बसोबास गर्दै आएका धर्मवीर ठाकुरले लामो समयदेखि आरन व्यवसाय गर्दै आएका छन् । उनका बुबा पनि आरनकै काम गर्थे । उनका बुवाले उक्त व्यवसाय सुरु गरेका थिए । सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै उनले आरनको काम सिके । बुबाले सुरु गरेको उक्त पेसालाई ठाकुरले निरन्तरता दिँदै आएका छन् । अहिले आरन व्यवसायमा रु १० लाख जति लगानी गरेका छन्।

रौतहटको गौरमा स्थायी घर भएका ठाकुर करिब ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविकोपार्जन गर्दै आएका छन् । उनको परिवारमा श्रीमान्, श्रीमती पाँच छोराछोरी गरी सात जनाको परिवार छ । एक जना रोजगारीसमेत दिएका छन् । लामो समयदेखि अँगालेको सोही पेसाले उनले अहिले सात जनाको जहान लालनपालन गरिरहेका छन् । छोराछोरी साना छन् । घरका सबै परिवार उनाी एक जनाको कमाईमा पूर्णनिर्भर छन् । “छोराछोरीको शिक्षादीक्षा, घरखर्चलगागत सम्पूर्ण खर्च आरन पेसाको कमाइ नै धानेको छु”, उनले भने ।

कृषि प्रणालीमा भएको आधुनिकीकरणसँगै पछिल्लो समय व्यवसायको स्तर खस्कन थालेको उनले बताए । अहिले बजारमा आधुनिक कृषि औजार आइसकेका छन् । जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ । पहिले खेत जोत्नको लागि हलोको प्रयोग गरिन्थ्यो तर हिजोआज प्राय ट्र्याक्टर, चम्पा ट्र्याक्टरद्वारा खेतीपाती गर्ने गरिएको छ ।

त्यस्तै हातले फलाम पिटेर बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार देखिनमा आकर्षण, चिल्ला पनि हुने भएकाले परम्परागत तरिकाले बनाइएका औजारको बिक्री दर घटेको छ ।

त्यस्तै धान, गहुँलगायतका अन्नबाली काट्न पनि पहिले हँसिया प्रयोग गर्ने गरिन्थ्यो तर हिजोआज आधुनिक कृषि औजार प्रयोग गर्ने गरिन्छ । केही किसानहरुले मात्र हँसिया प्रयोग गर्ने गरेका छन् । मानिसले छिटो र सजिलोका लागि पनि आधुनिक कृषि औजार प्रयोग गर्ने गरेको व्यवसायी ठाकुरको धारणा छ ।

व्यवसायी ठाकुरले पहिले मासिक ७० हजार बराबरको कारोबार हुने गरेको र त्यसमा ४० हजार बचत हुने गरेको बताए । तर अहिले मासिक ४० हजारको कारोबार हुने गरेको छ । त्यसमा २० हजार जति बचत हुने गरको उनले बताए । पहिलेभन्दा आरनको व्यापार खस्कदो अवस्थामा रहेको उनले बताए ।

व्यापारको अवस्था दयनीय हुँदै गइरहेकाले धनगढीमा कतिपय आरन व्यवसायी विस्थापित समेत भईसकेको उनले बताए । “सुदूरपश्चिर प्रदेशकै व्यापारीक केन्द्रका रुपमा रहेको धनगढी बजार आसपासका क्षेत्रमा पहिले २० जनाभन्दा बढी आरनका व्यवसायीले यो पेसा अँगाल्दै आएका थिए भने अहिले छ जना व्यवसायीले मुस्किलले यो पेसा गर्दै आएका छन्”, उनले भने ।

आरनको व्यवसायको अवस्था खस्कँदै गएपछि धेरै आरन व्यवसायी विस्तापित भएको उनले बताए । पहिलेको तुलनामा अहिले व्यापार कम हुँदै गएकाले घर भाँडा उठाउँन र परिवार पाल्न समेत धौधौ पर्न थालेको उनले बताए । जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नुपर्नेसमेत बाध्यता रहेको उनको भनाइ छ ।

ठाकुरले हँसिया, कुटो, कोदालो, हलोको फालीलगायतका कृषि औजार बनाएर बिक्री गर्ने गरेको बताए । उनलाई आरन व्यवसाय गर्दै आएको तीन दशकभन्दा बढी भइसकेको छ । उनमा आरनमा विभिन्न कृषि औजार बनाउने राम्रो सीप छ । यतिसम्म की उनले बनाएका कृषि औजारहरु देखेर जो कोही पनि औजार किन्न मन पराउँछन् । यसका कारण कृषि औजार लिन टाढा टाढाबाट समेत ग्राहकहरु आउने गरेको उनले जनाए।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

५ दिन अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक