आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा सुरु भएको ‘दुबई एयर शो २०२५’ को पहिलो दिन इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङका उत्पादन ‘बोइङ७७७–९’ सिरिजिका ६५ थान जहाजका लागि इमिरेट्सले ३८ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने छ ।

यूएईकै ठूलो वायुसेवा कम्पनी इमिरेट्स ठूला आकार (वाइड बडी) जहाजतर्फ अमेरिकी जहाज निर्माता कम्पनी बोइङको सबैभन्दा ठूलो ग्राहक हो ।

दुबई एयर शोको पहिलो दिन इमिरेट्सले गरेको घोषणासँगै उसले बोइङसँग गरेको वाइड बडी जहाज खरिद अर्डर बुकिङ संख्या ३ सय १५ पुगेको छ ।

 

‘यो खरिद अर्डर घोषणाले अमेरिकी जहाज निर्माता कम्पनीसँगको बृहत दीर्घकालीन प्रतिबद्धता थप पुष्टि गरेको छ,’ घोषणापछि इमिरेट्सले जारी गरेको विज्ञप्तिमा छ, ‘हामीले अर्डर गरेका जहाज तयार गर्नका लागि अमेरिकामा थप हजारौं रोजगारी सिर्जना हुनेछ ।’

इमिरेट्सको घोषणालाई अमेरिकी ट्रम्प प्रशासनले स्वागत गर्ने अपेक्षा गरिएको छ । अमेरिका र अन्य देशसँग जारी व्यापार वार्ताबीच ट्रम्पज प्रशासन इमिरेट्सको कदमबाट खुसी हुने देखिएको छ ।

अमेरिकासँगको व्यापार वार्तासँगै दक्षिण कोरिया, जापान, बेलायत, मलेसिया र इन्डोनेसियाले बोइङसँग ठूलो संख्यामा जहाज खरिद अर्डर गरिसकेका छन् ।

इमिरेट्सले खरिद अर्डर गरेको बोइङ७७७–९ सिरिजको जहाजमा अमेरिकी जहाज इन्जिन निर्माता कम्पनी जनलर इलेक्ट्रिक्स (जीई) एरोस्पेस द्वारा उत्पादित ‘जीई ९एक्स’ इन्जिन जडित हुन्छ । इमिरेट्सले जहाजमात्र नभई कुल ५ सय ४० थान जीई ९एक्स इन्जिन पनि अर्डर गरेको छ ।

‘यो खरिद अर्डरले बोइङ, जीई र अमेरिकी एरोस्पेससँगको हाम्रो एक दीर्घकालीन प्रतिबद्धतालाई पुन: एक पटक पुष्टि गरेको छ,’ इमिरेट्स एयरलाइनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेख अहमद बिन साइद अल मक्टौमले भने ।

त्यस्तै जीई एरोस्पेसका अध्यक्ष तथा सीईओ रसेल स्टोक्सले आफ्नो सबैभन्दा ठूलो ग्राहक इमिरेट्सलाई धन्यवाद दिँदै सेवा र समस्या समाधानमा उसलाई हरतरहले सहयोग गर्ने बताए ।

इमिरेट्सले गरेको यो खरिद अर्डरका जहाज आपूर्ति मिति सन् २०२७ देखि हुने जनाइएको छ । इमिरेट्सले यसअघि गरेको ‘बोइङ७७७एक्स’ खरिद अर्डर योजना भने स्थगन जस्तै भएको छ ।

 सातामा ३ हजार उडान

इमिरेट्स एयरलाइनले हाल प्रत्येक साता ३ हजार उडान गर्दै आएको छ । यसले आफ्नो हब विमानस्थल दुबईबाट ७७ देशका १ सय ४८ गन्तव्यमा नियमित यात्रुवाहक तथा कार्गो उडान गरिरहेको छ ।

 

हाल इमिरेट्सले २ सय ५२ यात्रुवाहक र १२ कार्गो गरी २ सय ६४ जहाजबाट नियमित सेवा दिँदै आएको छ । इमिरेट्ससँग १ सय १६ थान ‘एयरबस ३८०’, १ सय ३३ थान ‘बोइङ७७७’, ८ थान ‘एयरबस ३५०–९००’ र एक थान ‘एयरबस ३१९’ एक्जिक्युटिभ जेट सञ्चालनमा छ ।

४० वर्षअघि सन् १९८५ मा स्थापना भएको इमिरेट्स एयरलाइन इमिरेट्स ग्रुपले सञ्चालन गर्दै आएको छ । इमिरेट्स एयरलाइनले आर्थिक वर्ष २०२४/२५ मा ३४ अर्ब ८३ करोड डलर बराबर कुल आम्दानी गरेको थियो भने खुद आम्दानी ५ अर्ब १९ करोड डलर थियो ।्

इमिरेट् एयरलाइनमा हाल ६९ हजार ४ सय ६५ कर्मचारी कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१२ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक