काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छोडेका छन् ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए ।
उनी जनार्दन शर्मा, सुदन किराती लगायतले सुरु गर्न लागेको प्रगतिशील राष्ट्रिय अभियानमा जान लागेको बुझिएको ति नेताको भनाइ छ ।
परियार विघटन भएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए ।



