काठमाडाैं । बाघभैरव जात्राका दिन प्रर्दशन गरिने हाथु भैरवको मुर्ति बनाउने कार्य अहिले जारी रहेकाे छ ।
गुँदे दापा खलःको आयोजनामा कीर्तिपुरको आराध्यदेव बाघभैरव जात्राको दिन प्रदर्शनमा राखिने हाथु भैरवको मुर्ति बनाउने कार्य अहिले भइरहेको छ ।
आज भन्दा करिब ३ सय २१ बर्ष पहिला अर्थात नेपाल सम्बत ८२३ मा स्थापना भएको बाघभैरव जात्राको दिन प्रदर्शनमा राखिने हाथु भैरवको मुर्ति स्थापना कार्य अहिले जारी रहेको छ ।
करिब ८ फिट अग्लाे हुने हाथु द्यः (भैरव) बनाउने कार्यमा पाँच हजार ५०००/- भन्दा बढि सहयोग गर्ने भक्तजन महानुभावको सिलापत्रमा उल्लेख गरिने भएको छ ।
हाथु द्यः (भैरव) निर्माणमा सहयताका लागि आर्थिक सहयाेगका साथै भाडाकुदा दिएर हाथु द्यः निर्माण सहयाेग गर्न सकिने छ ।


