शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“अब सहर जानु पर्दैन : नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा”

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
“अब सहर जानु पर्दैन : नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा”
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

९ घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

९ घण्टा अगाडि
बाँके । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय हो, विकल्पको होइन। सडकदेखि चेतनासम्मका चुनौतीबीच पनि बाँकेको नरैनापुर गाउँपालिकामा भने एउटा परिवर्तनको लहर चलेको छ — त्यो परिवर्तनको केन्द्रमा छिन् स्वास्थ्यकर्मी सामना क्षेत्री । नरैनापुर गाउँपालिका–१ मा स्वास्थ्यकर्मी सामना क्षेत्रीको समर्पणले गाउँभरि नयाँ जीवनको उज्यालो फैलिएको छ ।
स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री नवजात शिशुको स्वास्थ्य परीक्षणमा व्यस्त देखिनुहुन्छ । उहाँका स्नेहिल हात र आत्मीय मुस्कानले आमाहरूमा निश्चिन्तता भरिदिन्छ । यही ममता र सेवा–भावनाले गाउँका परिवारहरूमा स्वास्थ्यप्रतिको भरोसा पुनः जागृत भएको छ । कुनै बेला जोखिम मोलेर घर भित्रै बच्चालाई जन्म दिने आमाहरु सामानको प्रेरणाले स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने गरेका छन् । जसले गर्दा मातृमृत्यु दरमा कमी आएको छ ।

रातको सन्नाटा होस् वा बिहानको हतार, सामना र उनका सहकर्मीहरू प्रसूति सेवादेखि नवजात शिशुको रेखदेखसम्म निरन्तर खटिरहेका छन् । स्वास्थ्यकर्मीहरुका लागि सेवा नै धर्म बनेको छ ।

सामना क्षेत्री भन्नुहुन्छ “नियमित स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूति सेवा र मातृस्वास्थ्य सचेतनाका कारण ग्रामीण महिलाहरू अहिले स्वास्थ्य सेवाप्रति बढी आत्मविश्वासी भएका छन्।”

उहाँका अनुसार चालु आर्थिक वर्षको चार महिनामै ७३ जना नवजात शिशुको जन्म सो स्वास्थ्य चौकीमार्फत भएको छ ।

स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्यका अनुसार, “हामी प्रत्येक आमालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निरन्तर प्रयासरत छौँ ।”

स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले भन्नुभयो, “सहरका ठूला अस्पतालमा जस्तो सेवा गाउँमै दिन सक्ने दक्ष स्वास्थ्यकर्मी परिचालन गरिएको छ। अहिले हाम्रा स्वास्थ्य चौकीहरू २४ घण्टै सेवा दिइरहेका छन् ।”

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो, “स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले गाउँको स्वास्थ्य क्षेत्रको रूपान्तरण भएको छ। स्थानीय सरकार गठनपछि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आम नागरिकको पहुँच फराकिलो बनेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले वडा अध्यक्ष र स्थानीय इकाइहरूलाई अझ जिम्मेवार बन्न आग्रह गर्दै भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सबैको साझा उत्तरदायित्व आवश्यक छ ।”

नरैनापुरका बासिन्दाहरू गर्वका साथ भन्छन्, “अब सहर जानु पर्दैन, हाम्रो गाउँमै जीवनको रक्षा गर्ने हातहरू छन्।”

नरैनापुर–६ का स्वास्थ्य चौकी इन्चार्ज भरत गोराथोकीले साउनदेखि कार्तिक २४ गतेसम्म ८० जना आमाहरूले सुरक्षित रूपमा नवजात शिशुको जन्म दिएको जानकारी दिनुभयो ।

त्यस्तै, स्वास्थ्य संयोजक कर्णका अनुसार नरैनापुर–२ मा साउनदेखि असोजसम्म ४९ जना, र वडा नं. ४ मा ७३ र वडा नं ५ मा ८९ जना आमाले सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन् ।

तर, सबै वडामा अवस्था समान छैन। केही वडाहरूमा वडा अध्यक्षको लापरवाहीले स्वास्थ्य संस्थाको रकम निकासा ढिलाइका कारण स्वास्थ्यकर्मीहरूलाई टार्चको उज्यालोमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको छ।

यसबारे प्रमुख प्रशासकीय अधिकृत वलीले भन्नुभयो, “स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै पनि गतिविधि नगर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिँदै उहाँले आवश्यक रकम तत्काल निकासा गरी सेवा सुचारु राख्न सबैले जिम्मेवारी निभाउनुपर्छ।”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक