शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कश्मीरमा प्रहरीको कडाइ

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
कश्मीरमा प्रहरीको कडाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

श्रीनगर । भारतीय सुरक्षा निकायहरूले यस हप्ता नयाँदिल्लीमा भएको घातक कार विस्फोटको अनुसन्धानको सिलसिलामा विवादित कश्मीर क्षेत्रमा व्यापक छापा मार्दै धेरै सन्दिग्धलाई हिरासतमा लिएको अधिकारीहरूले बुधबार जनाएका छन् ।

सोमबार राजधानी नयाँदिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए । अधिकारीहरूले मङ्गलबार यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधिका रूपमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्, जसअनुसार अनुसन्धानकर्ताहरूलाई व्यक्तिहरूलाई पक्राउ गर्न वा हिरासतमा लिन विशेष कानूनी अधिकार प्राप्त हुन्छ ।

१७औँ शताब्दीमा निर्माण गरिएको लाल किल्ला भारतको प्रमुख ऐतिहासिक र सांस्कृतिक प्रतीक हो । यहाँ प्रत्येक वर्ष अगस्ट १५ का दिन प्रधानमन्त्रीहरूले स्वतन्त्रता दिवसको सम्बोधन गर्ने परम्परा छ ।

यदि यो विस्फोट जानाजानी गरिएको आक्रमण भएको प्रमाणित भयो भने यो सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक घटना हुनेछ ।

काश्मीरको दक्षिणी पुलवामा जिल्लामा मङ्गलबार राति गरिएको शृङ्खलाबद्ध छापामा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

अधिकारिहरूका अनुसार सोमबारको विस्फोट त्यसअघि केही घण्टा मात्र अघि भारतीय नियन्त्रित काश्मीरमा प्रहरीले नयाँदिल्ली बाहिरी क्षेत्र फरीदाबादमा सञ्चालन भइरहेको सन्दिग्ध आतङ्कवादी सेललाई ध्वस्त पारेको घोषणा गरेपछि भएको हो । फरीदाबादमा दुई चिकित्सकसहित कम्तीमा सात जनालाई पक्राउ गरिएको थियो । प्रहरीले ठूलो मात्रामा हतियार र बम बनाउने सामग्री जफत गरेको बताइएको छ ।

भारतीय समाचार संस्थाहरूका अनुसार दिल्ली विस्फोट उक्त सेलसँग प्रत्यक्ष रूपमा जोडिएको हुन सक्ने आशङ्का गरिएको छ । तर प्रहरी निकायहरूले चलिरहेको अनुसन्धानलाई कारण देखाउँदै यस विषयमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

मुद्दासँग परिचित चार काश्मीरी प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा बताएका अनुसार यो अनुसन्धान अक्टोबर १९ मा श्रीनगर वरपर भारतविरोधी पोस्टरहरू देखिएपछि सुरु भएको थियो । ती पोस्टरहरूले कश्मीरमा तैनाथ भारतीय सैनिकहरूमाथि आक्रमण गर्ने धम्की दिएका थिए ।

अधिकारीहरूले सिसिटिभी फुटेजको सहयोगमा सन्दिग्धहरूको पहिचान गरिएको र सुरुमा कम्तीमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । पछिल्लो तीन हप्तामा सोधपुछका क्रममा भारतका दुई सहरमा कार्यरत दुई कश्मीरी चिकित्सक र अन्य दुई स्थानीय व्यक्तिलाई पनि हिरासतमा लिइएको छ ।

स्थानीय सञ्चार माध्यमहरूले उक्त विस्फोटमा प्रयोग गरिएको कारको चालक काश्मीरको भएको दाबी गरेका छन् । भारतीय समाचार संस्थाहरूले फरीदाबादको मेडिकल कलेजमा कार्यरत एक काश्मीरी चिकित्सक त्यही कारमा सवार थिए कि थिएनन् भन्नेबारे प्रहरी अनुसन्धान चलिरहेको जनाएका छन् ।

हालसम्म प्रहरी निकायहरूले यी दाबीहरूको पुष्टि गरेका छैनन् । तर भारतीय सञ्चार माध्यमहरूका अनुसार सम्भवतः चिकित्सकले गिरफ्तारीबाट बच्न जानाजानी विस्फोट गराएको वा अनजानमा विस्फोटक पदार्थ ओसार्ने क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धानकर्ताहरूले ‘आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा कारमा भएको यान्त्रिक विफलता जस्ता सबै कोणबाट अनुसन्धान गरिरहेको’ जानकारी दिए ।

यसबीच, पुलवामा जिल्लाका चिकित्सकमध्ये एकजना सन्दिग्धकी बहिनी शगुफ्ता जानले गत शुक्रबारदेखि आफ्नो भाइसँग सम्पर्क हुन नसकेको बताए । “उहाँले शुक्रबार हामीलाई फोन गरेर घर आउँछु भन्नुभएको थियो । तीन दिनपछि आउने बताउनुभएको थियो, तर त्यसपछि कुनै सम्पर्क भएन”, उनले भने ।

उनका अनुसार सोमबार राति प्रहरी अधिकारीहरू घरमै आएर चिकित्सककी आमासँगै उनका दुई दाजुभाइलाई पनि सोधपुछका लागि साथमा लगेका छन् ।

भारतीय अधिकारीहरूले भने अनुसन्धान संवेदनशील भएकाले थप विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।

यो पनि पढ्नुहोस्

देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

बङ्गलादेशमा डेंगुबाट अहिलेसम्म ४०१ जनाको ज्यान गयाे

१ दिन अगाडि
अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक