काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।
मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।
तालिकाअनुसार एनपीएलको प्लेअफका ३ तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।


