मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

भौतारिएको समाजवादको यात्रा

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
भौतारिएको समाजवादको यात्रा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खडग पाण्डे

साँझ श्रीमतीले श्रीमानलाई सोधिन्, “आज तिमी छिमेकीकी श्रीमतीसँग सिनेमा हेर्न किन गयौ?” श्रीमानले भद्र र सालिन मुद्रामा उत्तर दिए, “के गर्नु त? आजकलका फिल्महरू परिवारसँग संगै बसेर हेर्न लायक नै हुँदैनन्। अश्लील र छाडा। त्यसैले तिमीलाई लिएर जान सकिनँ।”

यो घटना सामान्य दाम्पत्य संवाद मात्र होइन। नेपाली राजनीतिसँग टक्क मिल्ने बिम्ब हो। आज राजनीति विचार, दर्शन र आदर्शविहीन बन्दै गएको छ। व्यक्तिगत र समूहगत स्वार्थले सबैलाई घिसारेको, लतारेको र तानेको छ। देखिन्छ सालीनता, तर भित्र लुकेको हुन्छ अश्लीलता। जहाँ लाभ, सुविधा र अवसर देखिन्छ,
त्यहीसँग संगत गाँस्ने प्रवृत्ति बढेको छ। पुर्खाको वा आफ्नै इतिहासको ब्याज खाँदै त्यही इतिहासलाई दुत्कार्ने, अवमुल्यन र बलात्कार गर्ने राजनीतिक चरित्र बलियो बन्दै छ। आफु र आफन्तिलाई केन्द्रमा राखेर समय, परिस्थिति र शक्ति सन्तुलन अनुसार आफ्नो विचार, नीति, सिद्धान्त र पक्ष बदल्नेहरूको बिगबिगी छ। राजनीतिक दर्शन र आदर्शसंग सम्वन्धविच्छेद गर्ने  राजनीतिक अवसरवाद मौलाएको छ। सिद्धान्त र मूल्य भन्दा पद, शक्ति, लाभ, गठबन्धन र तुरुन्त फाइदालाई प्राथमिकता दिने राजनीति अवसरवादी राजनीति हो। कतिले यसलाई “छलाङ” भन्छन्। कतिले यस्तो प्रवृत्तिलाई “जडसुत्रवादमा नअडिकिएर चलायमान वैज्ञानिकता”को आवरण दिएकाछन।

आज प्राय: राजनीतिक दलहरू (दललाई महासंघ, नेटवर्क, निजी कम्पनी वा मण्डली पनि मान्न सकिन्छ) समाजवाद स्थापना गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गर्छन्। समाजवादको मूल अवधारणा सरल छ। उत्पादनका साधनहरू- जस्तै भूमि, उद्योग, स्रोत–साधन राज्य वा समुदायको नियन्त्रणमा हुने। यसको उद्देश्य समता, सामाजिक न्याय, सामूहिक हित र समान अवसर सुनिश्चित गर्नु हो।

समाजवादले स्वास्थ्य, शिक्षा, रोजगारी र आधारभूत सेवामा सबै नागरिकको गुणस्तरीय पहुँच विस्तार गर्ने लक्ष्य राख्छ। यसबाट जनजीवनमा समग्र सुधार ल्याउने अपेक्षा गरिन्छ। तर मुख्य प्रश्न उठ्छ- यति ठूलो लक्ष्य प्राप्त गर्ने यथार्थ सम्भावना कत्तिको छ? वर्तमानमा सक्रिय पारम्परिक राजनीतिक दलहरूको अवस्था कस्तो छ? तिनको नेतृत्व शैली कस्तो छ? तिनले अभ्यास गर्दै आएको राजनीतिक- वैचारिक मार्ग कस्तो छ?
यी सबैले समाजवाद हासिल हुने सम्भावना छ कि छैन?

आफुलाई मुलधारका राजनीतिक दल भन्नेहरुको ईतिहास राम्रै थियो। सत्ता र शक्तिमा आरोहण पछि तिनिहरुको कृयाकलाप उत्साहजनक छैन। नीतिगत निरन्तरता कमजोर छ। नेतृत्वको प्रतिबद्धता सन्दिग्ध छ। सुशासनको स्तर न्यून छ वा शुन्यको नजिक छ। । वर्तमान राजनीतिक संस्कृति अझै जटिल, अस्थिर र अविश्वसनीय छ। यस्ता अवस्थाले आशा गर्ने ठाउँ कम देखिन्छ। यस्तो अवस्थामा समाजवादको यात्रा दिशाविहिन बन्दै गएकोछ।

तर त्यहाँ पुग्न नीतिगत स्पष्टता, व्यवहारिकता, संस्थागत क्षमता, राजनीतिक संस्कार, नेतृत्वको जवाफदेहिता र जनविश्वास आवश्यक पर्छ।  जुन अहिले स्यालको सिङ्ग जस्तै भएको छ।समाजवादको यात्रा कुभिण्डोलाई बाँसको खुट्टा हालेर दौडमा प्रतियोगितामा ठडाए जस्तै भएको छ।

आफूलाई “कम्युनिस्ट” भन्ने अधिकांश दलहरूले मार्क्सवाद–लेनिनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गर्छन्। मूल वैचारिक स्रोत, सिद्धान्तगत आधार र ऐतिहासिक उत्पत्ति एउटै हो। यस्तो अवस्थामा स्वाभाविक रूपमा प्रश्न उठ्छ- जब मार्गदर्शक सिद्धान्त एउटै छ भने विभिन्न कम्युनिस्ट दलहरूको अस्तित्व किन आवश्यक हुन्छ? छुट्टा छुटै अखडा हुनुको औचित्य के हो?

एमाले, प्रचण्ड-माकुने नेतृत्वको नेकपा वा अन्य कम्युनिस्ट दलहरूले व्याख्या गरेको मार्क्सवाद–लेनिनवाद एक–अर्का भन्दा फरक छ? यदि फरक छ भने, ती भिन्नताहरू के हुन्? के ती वैचारिक भिन्नता हुन्? के ती नीतिगत तथा कार्यान्वयन विधि सम्बन्धी भिन्नता हुन्? कि ती केवल शक्ति–संघर्ष, व्यक्तिगत नेतृत्व–केन्द्रित प्रतिस्पर्धा, र संगठनात्मक विभाजनको परिणाम मात्र हुन्? त्यहिबाट सुरु हुन्छ समाजवाद भौतारिन र नागरिकलाई रनभुलको भुमरिमा फसाउन।  त्यहिबाट सुरु हुन्छ  समाजवादको यात्राको सातु काम्लामा पोखिन।

समाजवाद नेपालमा प्रमुख राष्ट्रिय राजनीतिक लक्ष्यका रूपमा प्रस्तुत छन। यो पनि समाजवादी, त्यो पनि समाजवादी। केवल कम्युनिस्ट दलहरूले मात्र होइन, नेपाली कांग्रेसले पनि आफ्ना आधिकारिक दस्तावेज र ऐतिहासिक यात्रामा “लोकतान्त्रिक समाजवाद”लाई मार्गदर्शक सिद्धान्त मानेको छ। यस्तो पृष्ठभूमिमा अर्को प्रश्न उठ्छ- कांग्रेसले परिकल्पना गरेको समाजवाद र कम्युनिस्ट दलहरूले प्रस्तुत गर्ने समाजवादबीच को वास्तविक अन्तर छ कि छैन? छ भने त्यो अन्तर के हो? के कांग्रेस बहुदलीय लोकतन्त्र, प्रतिस्पर्धा, र सामाजिक न्यायमा आधारित समाजवादतिर उन्मुख छ? के कम्युनिस्ट दलहरू केन्द्रित राज्य संरचना, वर्गहीन समाज र उत्पादनका साधनको सामूहिक स्वामित्वमा आधारित समाजवादको परिकल्पना गर्दैछन्? यी फरकहरू स्पष्ट नहुँदा, “दुवैका लक्ष्य समान छन्” भन्ने दाबी जनतामा वैचारिक भ्रम र अस्पष्टता उत्पन्न गरिरहेको देखिन्छ।

माओवादी आन्दोलनले इतिहासमा नौलो जनवादलाई आफ्नो रणनीतिक लक्ष्य मान्थ्यो। समाजवाद र कम्युनिज्मलाई दीर्घकालीन लक्ष्यको रूपमा व्याख्या गरिन्थ्यो। तर, पछिल्ला दुई दशकको राजनीतिक यात्रापछि दृश्य परिवर्तन भएको छ। आज माओवादी नेपाली कांग्रेसकै शैलिमा समाजवादको व्याख्या गर्न थालेको देखिन्छ। उही ढङ्गको राजनीतिक गतिविधी पनि अपनाइँदैछ। कहिले कांग्रेसको रुखको फेदमा अडिन्छ। कहिले एमालेसँग हल जोडिन्छ।

अब आएर “माओवाद” भूतपूर्व बनिएको छ वा बनाइयो। पुराना नेताहरू र असफल समूहलाई भेला गरेर समाजवादको मन्त्र जपिएको छ। पुरेतले जम्मा गरेका बुढा गाई ल्याएर नयाँ डेरी फर्म खोल्ने जस्तै। यस्ता गतिविधिले वास्तवमा वैचारिक स्खलन ल्याएको छ भन्ने प्रष्ट देखिन्छ।

एमालेको “जनताको बहुदलिय जनवाद” आज गुण्डुमा मुर्छित भएको देखिन्छ। द्म्भ र अहंकार निर्देशित र नियन्त्रित छ। नीति र नेतृत्वमा प्रश्न उठाउन निषेध छ। नेतृत्वको आदेश नै अन्तिम सत्य बनेको छ।
पार्टिको महाधिवेशन समेत हुकुमबक्स हुने र उपस्थित “प्रतिनिधी नेताहरु” ले ताली ठोकेर अनुमोदन गर्ने उर्दी भैसकेको छ। नेतालाई सिधा आँखाले हेर्न समेत नपाईने “जनवाद” ले कस्तो समाजवाद ल्याउने हो? कुनै दिन नेताले “लौ समाजवाद आयो” भन्दिए भने त्यहिनै समाजवाद हुनेछ।

कांग्रेसको लोकतन्त्र अहिले सानेपामै पौठेजोरी खेलिरहेको छ। नीति र नेतृत्वको छनोट गर्ने महाधिवेशनको मितिमा नै रुमलिनु परेको छ। आफ्नै “जिउँदा मान्छे” लाई इँटाभट्टामा होम्नेको निधनमा शोकमग्न देखिन्छन्। यदि महाधिवेशनको मिति तोकियो भने, कांग्रेसले आफू समाजवादको चरणमा पुगेको घोषणा गर्ने सम्भावना छ। कांग्रेसको समाजवाद अझै आन्तरिक लोकतन्त्रको अंकुसेमा झुन्डिएको छ। हुक्के–टिके प्रवृत्तिले ल्याउने समाजवाद, एआईबाट आयो भने मात्र सम्भव होला; संगठनात्मक, राजनीतिक र वैचारिक दृष्टिकोणले भने सम्भव देखिँदैन।

विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवादको यात्रालाई नयाँ बाटोमा अघि बढाएको दाबी गर्छ। त्यो यात्रा अहिले निर्वाचन आयोगसम्म आइपुगेको छ। अन्य संसदीय दलझैं, उनीहरूको समाजवाद पनि स्खलनको मार्गमा तीव्र गतिमा अघि बढेको देखिन्छ। विद्यमान दलहरूको भीडमा उनीहरू पनि अर्को एक थान दलका रूपमा दर्ता हुँदैछन्। अन्य दलझैँ, उनीहरूको मनसाय (मति) हेर्दैमा पत्याउन सकिने आधार देखिँदैन।

यी प्रश्नहरू कुनै दल वा विचारविरुद्ध होइनन्। बरु, यी वैचारिक स्पष्टता, नीतिगत सुसंगतता र राजनीतिक ईमानदारीको आधारमा मूल्यांकन गर्ने प्रयास हुन्। नेपालको समाजवादी रूपान्तरणका लागि पूर्व-शर्तहरू हुन्: सुशासन, पारदर्शिता, जवाफदेहिता, सामाजिक न्याय र समान अवसर, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा प्रणालीको सुधार।अहिलेका मुख्यधारा दल र तिनका प्रवृत्तिहरूले यो सम्भव बनाउने क्षमता राख्दैनन। पहिले असफल सावित भएका दलहरूबाट फेरि के आधारमा विश्वास गर्ने?

वैचारिक अस्पष्टता र नीतिगत विरोधाभास, राजनीतिक नेतृत्वमा दूरदर्शिता र विश्वासनीयताको कमी, कमजोर राज्य संरचना, भ्रष्टाचार र दुरुपयोग, उत्पादनमुखी अर्थतन्त्रको न्यूनता, रोजगार संकट, वैदेशिक निर्भरता र ब्रेन-ड्रेन आदिले गर्दा  हाम्रो समाजवादी यात्रा रुमालिएको छ।

समग्रमा, नेपाली राजनीति एक रूपान्तरण र अवसरवादको मिश्रित बारी बनेको छ। जहाँ सिद्धान्त र आदर्श स्खलित भइरहेका छन्। नयाँ आन्दोलन र दलहरूले वैचारिक खोजलाई निरन्तरता दिइरहेका छन्। भुमन्डलीकरण र विदेशी स्वार्थले च्यापिएको नेपालको राजनीतिमा समाजवादको यात्रा कुईरोको काग जस्तो बनेको छ। बाटो हराएको यात्रु बनेको छ।

यस्ता परिवर्तित राजनीतिक मुल्य र मान्यता  विहिन गतिविधिले एक महत्वपूर्ण प्रश्न उठाउँछन्: विचारगत रूपान्तरण (Ideological Transformation) को नाममा मूल सिद्धान्त, मार्गदर्शन र औचित्यबाट विचलन (Ideological Deviation/Drift) बाट आउने समाजवाद कुन स्वरूपको होला? यसैले समाजवादको यात्रा भौतारिएको छ।

 

यो पनि पढ्नुहोस्

सोविताकाे पुरानो अभिव्यक्तिलाई बंगाएर विवादमा तान्ने प्रयास

सोविताकाे पुरानो अभिव्यक्तिलाई बंगाएर विवादमा तान्ने प्रयास

२ मिनेट अगाडि
मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

झापा र सर्लाहीमा विशेष सुरक्षा

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

आज तराई–मधेशमा हाेली पर्व मनाइँदै

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक