सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संघर्षमा पनि खुसी हुन सके सुखमय बन्ने : सञ्चार मन्त्री

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
संघर्षमा पनि खुसी हुन सके सुखमय बन्ने : सञ्चार मन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री बनेपछि पुरानी साथीहरुसँगको सम्बन्ध घटेको जनाएका छन् । कामको चापका कारण तनाव पनि बढेको उनले जनाए ।

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको एक कार्यक्रममा मन्त्री खरेलले जीवनमा आउने दु:ख र संघर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सुखमय बन्ने धारणा राखे ।

लामो समयसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै अहिले मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले भने, ‘दु:ख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ । त्यसैले दु:खमा समेत खुसी हुनसक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मनमा शान्ति र खुसी हुनु नै जीवनको सुख हो ।’

उनले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक दृष्टिले नभइ आत्मसन्तुष्टि र सकारात्मक सोचसहित स्वीकार गर्न सके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गरे ।

आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा ‘संवाद र सञ्चारमा स्वजागरण: सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रम आयोजना गरेको थियो । सञ्चारग्राममा आयोजित सो कार्यक्रममा  जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले वर्तमान समयमा नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गरे ।

मानिसले आफ्नोभित्रको खुसी खोज्न नसक्दा आत्महत्या र मानसिक तनावका घटना बढेको बताउँदै उनले भने, ‘खुसी कुनै बाहिरी तत्व होइन, त्यो हाम्रो मनभित्र लुकेको छ । आफूभित्रको खुसीलाई कसरी उजागर गर्ने भन्ने कुरा बुझ्न जरुरी छ ।’

प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले जीवनको सबैभन्दा महत्वपूर्ण पाटो खुसी र सन्तोष रहेको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफूभित्रको खुसी महसुस गर्न सिक्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, जीवन विज्ञानका अभ्यासकर्ताको पनि उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

४ मिनेट अगाडि
सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक