सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अमर समाजबादी क्रान्तिको धेय र बर्तमान आबश्यकता

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–लोकनारायण सुवेदी
बिश्वले हरेक बर्ष महान् अक्टोबर समाजबादी क्रान्ति दिवस मनाउने गर्दछ । यो तत्कालीन रूसी पत्रो अनुसर ७ नोभेम्बरका दिन पर्दछ । यस बर्षको यो महान अक्टोबर क्रान्तिको बार्षिकोत्सबको अबसर(नोभेम्बर ७)लाई पनि बिभिन्न किसिमले स्मरण गर्ने कार्यक्रम गरिदैछ । त्यो क्रान्ति रुसी क्रान्तिकारी माक्र्सबादी चिन्तक तथा सुझबुझपूर्ण किसिमले जनताको संघर्षको सफल नेतृत्व गर्ने नेता भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा बिश्वलाई नै नयाँ मोड दिने र अपूर्व प्रभाव पार्ने यो श्रमजीवी जनताको एक अपूर्ब बर्गीय क्रान्ति थियो र हो । बिश्व मानब इतिहासमा त्यस पूर्वका सबै क्रान्तिहरुभन्दा गुणात्मकरुपले नै अत्यन्तै भिन्न र उन्नत स्तरको गम्भीर, गहन र गहिरो प्रभाव पार्ने क्रान्ति थियो त्यो । त्यति मात्रै होइन, त्यो क्रान्ति समाजका सबैभन्दा शोषित, पीडित बर्ग र समुदायका पददलित — मजदुर किसान र समाजका अरु उत्पीडित समुदाय र क्षेत्रका जनताको त्यस्तो क्रान्ति थियो जसले क्रान्तिपछिको मानब समाजमा मानिसले मानिसलाई शोषण गर्ने कुनै स्थिति नै नरहेको बिल्कुलै नयाँ समाजको निर्माण गरेको थियो । स्पष्टतः एउटा ‘शोषण मुक्त मानब समाज’ ! को सिर्जना गरेको थियो ।
त्यसैले यो क्रान्ति पूवबर्ती क्रान्तिहरुभन्दा उच्च, भिन्न र महान क्रान्ति भएको हो । रुस र बाँकी बिश्वलाई नै अपूर्व नयाँ सन्देश, उत्साह र ऊर्जा प्रदान गर्ने १९१७ अक्टोबर २५ मा सम्पन्न यस क्रान्तिले ‘समाजबादी सोभियत संघ’नामको एउटा नयाँ समाज ब्यबस्था स्थापना गरेको थियो र बिश्वमा पहिलो पटक शोषित पीडित जनताको पहल र प्रयत्नमा एउटा छुट्टै र आफ्नै बिल्कुलै नयाँ – शोषित पीडित बर्ग र समुदायको राज्य स्थापना गरेको थियो ।
यद्यपि आज त्यो लेनिनले स्थापित र आरम्भ गरेको तथा क्रान्तिकारी नेता स्टालिनले निर्माण गरेको समाजबादी सोभियत संघ केबल इतिहासको एउटा अध्याय बनेको छ । तर आम शोषित पीडित रुसी जनताकासाथै समाजबादी सोभियत संघमा आबद्ध देशका जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र मनोरञ्जन लगायत सर्बतोमुखी मानबीय बिकासको सुनिश्चितता प्रदान गर्ने, बिश्व साम्राज्यबादलाई लल्कार्ने र साम्राज्यवाद, उपनिवेशबाद, नब उपनिवेशबादका आधारमा प्रभुत्व जमाउने र शोषण गर्ने शक्तिका बिरुद्ध निर्धक्ककासाथ खडा हुने सोभियत समाजबादी समाज आज अस्तित्वमा छैन । त्यसो हुनुमा गम्भीर सैद्धान्तिक बिचलन र तदनुरुपका ब्यवहार खाशगरी स्टालिनको देहाबसानपछि शुरु भएको संसोधनबादी खु्श्चोभी चिन्तनले महान अक्टोबर समाजबादी क्रान्ति तथा माक्र्सबाद लेनिनबादको मर्म र भावना अनुरुप नचलेको गम्भीर प्रतिप्रवाहकारी प्रकृतिको आन्तरिक स्थिति र बाह्य साम्राज्यवादी एवं प्रतिकृयावादी षडयन्त्रका कारण त्यो शोषणरहीत समाज पुनः शोषणयुक्त समाजमा परिणत भएर प्रतिगमन हुन पुग्यो । बिश्वका मुक्तिकामी जनता र राष्ट्रका लागि यो अत्यन्तै ठूलो गम्भीर प्रतिगामी धक्का थियो र हो । त्यसको बिश्वब्यापी असर प¥यो नै । यस बारेमा छुट्टै गम्भीर, गहन र गहिरो अध्ययन र बिश्लेषण गरिनु अत्यावश्यक छ । तर त्यस धक्काले महान अक्टोबर समाजवादी क्रान्तिको मूल धेय — सबै किसिमका शोषण उत्पीडनबाट मानबताको मुक्ति र त्यसले बिश्वब्यापीरुपमा पारेको अग्रगामी उत्साहकारी प्रभाव कमजोर भएको छैन । क्रान्तिकारी आमूल परिवर्तनको दिशामा केही क्षण ठूलो भ्रम सिर्जना गरेको र अल्मलमा पारेको भए पनि, फेरि पनि त्यसले त्यो मानब मुक्तिको दिशालाई बदल्न सक्ने कुरा थिएन । त्यसैले धक्कालाई ब्यहोर्दै र समीक्षा गर्दै बिश्वभरी नै कम्युनिष्ट आन्दोलन फेरि पनि सबै किसिमका शोषणबाट मानब मुक्तिको धेयमा आ–आफ्नै किसिमले अघि बढ्दैछ र यसलाई पुनः माक्र्सवादी लेनिनबादी सार्बभौम क्रान्तिकारी नियमका आधारमा एकीकृतरुपमा साझा बिन्दू पहिल्याएर अझ सही र उन्नत दिशामा अघि बढाउन सुझबुझपूर्ण र साहसिक पहल प्रयत्न गर्नु पर्ने अत्यावश्यक कुरा छ । यसै सन्दर्भमा हामीले अक्टोबर क्रान्तिलाई सही परिपेक्षमा बुझ्नु बुझाउनु पर्दछ र सही दिशामा अघि बढ्न सिक्नु र सक्नु पर्दछ ।
अक्टोबर समाजवादी क्रान्तिको कुरा गर्दा हामीले के बिल्कुलै बिसर्न हुदैन भने त्यतिबेला रुसमा एकदमै निरंकुश राजतन्त्र जारको शासन थियो र त्यसलाई जारशाही भनिन्थ्यो । जमिन्दार बर्गको त्यो जार साम्राज्य त्यस बेलाको मध्य एयिशासम्मै फैलिएको थियो । तथ्यांक अनुसार रुसमा क्रान्तिपूर्वको सबैभन्दा पछिल्लो जार शासकको अधिनमा मात्रै ८ लाख हेक्टर सबैभन्दा राम्रो देशको जमिनमाथि स्वामित्व रहेको र २८,००० ठूला जमिन्दारहरु रहेको कुरा इतिहासमा अंकित छ । ती र अरु ठूला साना सबै जमिन्दारहरुको स्वामित्वमा त्यतिबेलाको रुसी साम्राज्यमा १ करोड ६७ लाख ४० हजार एकड जमिन रहेको उल्लेख छ । त्यस्तो पुरानो सामन्ती स्थितिकासाथै औद्योगिक र खानीको क्षेत्रमा प्रबेश भएको ठूलो पूँजीबादी एकाधिकारले समेत गर्दा रुसी समाज अर्ध सामन्ती जमिन्दारी प्रणालीको रुपमा खडा हुँदै गएको थियो । यद्यपि यसरी रुसमा पनि पूँजीवादको बिकास तीब्ररुपमा हुदै गएको थियो तर यूरोपका अरु देशहरुसँगको तुलनामा त्यतिबेला पनि रुस मूलतः पिछडिएको अबस्थाबाटै गुजिरहेको थियो ।
त्यस्तै स्थितिमा रुसी जारशाही पनि पहिलो बिश्व युद्ध(१९१४–१८)मा सामेल भएको थियो । बिश्वलाई आ–आफ्ना स्वार्थ अनुकूल बिभाजन गर्ने त्यो बिश्वमा घटित पहिलो साम्राज्यवादी युद्ध थियो । त्यसमा जर्मनी, बेलायत, फ्रान्स र रुस आ–आफ्ना उपनिवेश र त्यहाँ भएका श्रोत सानधहरुमाथि नियन्त्रण गर्न युद्धमा होमिएका थिए । त्यस क्रममा जारशाहीले रुसका लाखौ लाख श्रमजीवी मजदुर किसानलाई जबर्जस्ती रुसी सेनामा भर्ना लिन र युद्धको अग्रिम मोर्चामा खडा भएर लड्न बाध्य तुल्याइरहेको थियो । त्यसले गर्दा हजारौं हजार रुसी सीपाहीहरुले ज्यान गुमाइरहेका थिए र लगातार जर्मनीसँग हारिरहेका थिए । गरीब तप्काका पनि सबैभन्दा गरीब किसानहरु त रुसी जमिन्दारका दास सरह मात्र थिए र प्रायः तिनले सधैजसो मालिकको कोर्रा खाने गर्दथे ।
त्यस्तो युद्ध र दासताको अन्त्यन्तै पीडादायक स्थितिमा रुसमा ब्यापक जन असन्तोष फैलिरहेको थियो । त्यस स्थितिबाट मुक्त हुन रुसको क्रान्तिकारी शक्ति खाशगरी रुसी कम्युनिष्ट पार्टी बोल्शेभिकले जारशाही सत्ताका बिरुद्ध जन बिद्रोहको बिगुल फुक्यो र जन असन्तोषको सही नेतृत्व ग¥यो । त्यो आम जन बिद्रोहले फेबु्रअरी १९१७ मा ठूलो क्रान्तिको रुप लियो र जारशाहीको सत्तालाई पल्टाइदियो । त्यसको स्थानमा पूँजीवादी प्रभुत्व भएको केरेन्स्कीको सरकार आयो । त्यो फेब्रुअरी क्रान्तिले जारशाही सत्ताको प्रतिकृयावादी तप्कासँग सम्झौताको नीति लियो र ठूला पूजीपति बर्गको हित साधन गर्ने बाटो पक्रियो । जसले गर्दा केरेन्स्की नेतृृत्वको त्यो सरकारकाप्रति पनि जन असन्तोष तीब्ररुपले बढ्दै गयो, खाशगरी युद्धमा मारिएका सेना र घाइते भएका जनताका परिवारका बीचमा यो सरकार धेरै नै अप्रिय बन्न पुग्यो । यद्यपि त्यही फेब्रुअरी क्रान्तिको दौरानमा लोकप्रिय शक्तिकोरुपमा जनताका नयाँ पद्धतिहरु जस्तै सोभियतहरु – मजदुर,किसान र सैनिकहरुका सोभियतहरु – लाई एउटा शसक्त शक्तिको बिकासको पहलकोरुपमा अघि बढाएको थियो र त्यो जनताको नयाँ संयन्त्र देशका सबै प्रमुख शहरहरु र कतिपय ग्रामीण क्षेत्रमा पनि फैलिसकेको थियो ।
बोल्शेभिक पार्टी—जुन फेब्रुअरी क्रान्तिपछि कम्युनिष्ट पार्टीको रुपमा प्रकट भयो—ले श्रमजीवी जनता र सेनाका बिभिन्न टुकुडीहरुका बीचमा बनेका सोभियतहरुबाट बढ्दो मात्रामा ठूलो समर्थन पाउदै गयो । सेप्टेम्बर महिनाको अन्त्य हुँदा नहुँदै त्यो संक्रमणकालीन सरकारले मजदुर, किसान र सेनाको ठूलो असन्तोषलाई झेल्नु परेको थियो । राजधानी पेत्रोग्राद र मास्को जस्ता शहरहरुमा सर्बहारा बर्गले आफ्नै सोभियतहरु खडा गरेका थिए, सैनिकहरुले सरकारको साथ दिन छोड्दै बढ्दो क्रान्तिकारी उभारको समर्थन गर्न थालेका थिए । रुसका ग्रामीण क्षेत्रभरीनै त्यतिबेला ग्रामीण किसान र कृषि मजदूरहरुले जमिन्दार र तानाशाहरुको जमिन आफ्नो हातमा लिन शुरु गरिसकेका थिए । जारको सेनामा रहेका सैनिकहरुले पनि आफ्नै सोभियत खडा गर्न थालेका थिए र युद्धको अन्त्य गर्नुपर्ने र शान्ति स्थापना गर्नुपर्ने माग जोडदाररुपमा उठाइरहेका थिए । त्यस स्थितिलाई कुशलतापूर्वक नियालिरहेका निपूण र जनताका कुशल राजनेता लेनिनले सेनालाई सेनाको बर्दीमा यो किसानहरुकै जमात हो भनेर प्रष्ट दर्शाएका थिए ।
बिकसित भएको ठिक यस्तो बस्तुगत स्थितिमा बोल्शेभिक पार्टीका नेतृत्वदायी सिद्धान्तकार र मार्गदर्शक अग्रज नेता लेनिनले ठोस परिस्थितिको एकदमै ठोस बिश्लेषण गर्दै देश बुर्जआ क्रान्तिको पहिलो चरणबाट दोश्रो चरणतिर अघि बढिरहेको र यो दोश्रो चरणको क्रान्तिले राज्य शक्तिलाई सर्बहारा बर्ग र गरीब किसानको सबैभन्दा बिपन्न तप्काको हातमा सुम्पनु पर्दछ भन्ने प्रष्ट घोषणा र दिग्दर्शन गराएका थिए ।
अन्ततः यसरी क्रान्तिकारी बोल्शेभिक पार्टीको ‘सम्पूर्ण शक्ति सोभियतलाई प्रदान गर’ भन्ने नारा र आह्वानमा अक्टोबर २५ (पुरानो रुसी पात्रो अनुसर नोभेम्बर ७)का दिन मजदुरहरुको सेना(रेडगार्ड) र सेनामा भएका क्रान्तिकारी सैनिकहरु केरेन्सीको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई सत्ताच्यूत गर्न अघि बढे । यस क्रममा राजधानी पेत्रोग्रादमाथि कुशलतापूर्वक कब्जा गर्दै त्यो क्रान्ति सफलताकासाथ सम्पन्न भयो । अनि त्यसपछिका साताहरुमा लगातार मास्को र अन्य केन्द्रहरुमा अझैपनि जार समर्थक,भक्त र समर्पित प्रतिरोधीहरु र प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्दै क्रान्तिकारी सेनाले पूरै रुसभरीनै पुरानो जार साम्राज्य र सत्ताका अरु क्षेत्रहरुमा पनि सोभियत शक्तिको स्थापना गर्दै गयो । यस प्रकार क्रान्तिको समग्र बिजय भयो र लेनिनको नेतृत्वमा शासन गर्ने सरकार होइन सेवा गर्ने ‘जन कमिसार काउन्सिल’ स्थापना गर्ने महत्वपूर्ण मोडमा आइपुग्यो । यसले प्रष्ट पार्दछ कि क्रान्तिपछि शासक होइन, क्रान्तिकारी जन सेबक बन्ने हो ।
संघर्षको बेला बोल्शेभिकहरुले जनतालाई ‘भूमि, शान्ति र भोजन’ भन्ने महत्वपूर्ण नाराको वरिपरी एकताबद्ध गरेका थिए । ठीक त्यही कुरालाई मूर्त र प्रष्टरुपमा अघि बढाउन लेनिन नेतृत्वको ‘जन कमिशार काउन्सिल’ले पहिलो महत्वपूर्ण कदम चाल्दै अखिल रुसी मजदुर, किसान र सैनिक प्रतिनिधिहरुको ‘सोभियत’ समक्ष पहिलो पटक सबैभन्दा उच्च प्राथमिकताकासाथ ‘भूमि र शान्ति’ सम्वन्धि सबैभन्दा गम्भीर महत्वको आज्ञाप्ति जारी ग¥यो । यो भूमि आज्ञाप्ति जारी गरेपछि जमिन्दारहरुको सबै जमिन,चर्च र गुम्बाहरुको अधिनमा रहेका जमिन र जमिनसँग सम्वन्धित सम्पत्तिहरु स्थानीय र जिल्ला स्तरीय किसान सोभियत कमिटीरुलाई सुम्पनु पर्ने नियम बनाएर तदारुखताकासाथ त्यसलाई लागु ग¥यो ।
अनि यस कदम सँगसँगै अर्को महत्वपूर्ण आज्ञाप्ति — ‘शान्ति सम्वन्धि आज्ञाप्ति’ले ततकाल युद्धको अन्त्य गर्न, र युद्धमा संलग्न सबै सम्बद्ध देशहरुसँग शान्ति बार्ता गर्न ठोस प्रस्ताबकासाथ जोडदार अपील ग¥यो । त्यो सोभियतहरुको नब गठित ‘जन कमिसार काउन्सिल’ले कुनै क्षतिपूर्ति र बिजित या पराजित भूभागको कुनै कुरा बिना नै यस्तो शान्ति सम्झौतामा तत्कालै सहभागी हुने दृढता ब्यक्त गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्न सरकार दृढ रहेको कुरा ब्यक्त गरेर प्रकाशमा ल्यायो र यसरी शान्तिलाई सर्बोच्च प्राथमिकता दियो ।
क्रान्ति सम्पन्न भएपछि बनेको पहिलो जन कमिसार काउन्सिलका यस्ता महत्वपूर्ण र आधारभूत आज्ञाप्तिका अतिरिक्त अशिक्षाको अन्त्य, प्राथमिक शिक्षा सबैलाई अनिवार्य, स्वास्थ्योपचारको सुबिधा सबैलाई तथा नयाँ समाजबादी सोभियत संघको निर्माण(यूएसएसआर) जस्ता थप कुराहरु समेत त्यो आज्ञाप्ति मार्फत प्रस्तुत गरियो ।
वास्तवमा जारकालीन रुस ‘बिभिन्न जातिहरुका निमित्त एउटा बन्दी गृह’ जस्तै नै थियो । रुसी क्रान्तिले ती गैररुसी सबै जातिहरुलाई त्यो औपनिवेशिक दासताको बन्दीको स्थितिबाट मुक्त गरिदियो र तिनलाई समाजबादी सोभियत यूनियनभित्र स्वायत्त शासन प्रणाली प्रदान गरेर उच्च चरणाको बिकासाको बाटो खोलिदियो ।
तर भर्खर जन्मिएको कलिलो समाजबादी सोभियत संघले यी कुराहरु अघि बढाउन पाउदा नपाउदै त्यसले तत्कालै प्रतिक्रान्तिकारी शक्तिहरुको तीब्र प्रतिरोधको सामना गर्नुपरेको थियो । वास्तवमा त्यतिबेला रुसमा एउटा जटील गृह युद्धको आगो दन्कियो । त्यसले गर्दा लाल सेनाले श्वेत सेना र प्रतिक्रान्तिकारी शक्तिहरुसँग भिड्नैपर्ने स्थिति आयो । बृटेन, जर्मनी र फ्रान्स लगायत १० वटा पूँजीवादी देशहरुले रुसको क्रान्तिबिरोधी शक्तिलाई हातहतियार र रसदपानी समेतको निरन्तर ठूलो समर्थन र सयहयोग गरिरहेका थिए । चार बर्षसम्म यस्तो घनघोर लडाई चलेपछि लालसेनाले क्रान्तिबिरोधी प्रतिकृयावादी शक्ति र श्वेत सेनामाथि बिजय हासिल ग¥यो । त्यस प्रकृयामा मजदुर किसानको भर्खरै स्थापित भएको सत्ताले अत्यन्तै ठूलो मूल्य चुकाउनु परेको र अभूतपूर्व बलिदान दिनु परेको थियो ।
यो आलेखको आरम्भमा नै भनिएको छ कि त्यो महान समाजबादी अक्टोबर क्रान्ति बिश्वमा पहिला पहिला भएका बिभिन्न प्रकृतिका क्रान्तिहरुभन्दा भिन्न,उच्च र गुणात्मक हिसाबले नै उन्नतस्तरको क्रान्ति थियो र हो । १७८९ मा भएको प्रसिद्ध फ्रान्सेली क्रान्तिदेखि यता पनि बिश्वमा अरु ठूल्ठूाल क्रान्तिहरु हुदै र तिनले सत्ता हातमा लिदै पनि आएका हुन् । तर ती क्रान्तिहरु मार्फत पुरानो सामन्त बर्गको हातमा रहेको राज्य शक्ति बुर्जुआ बर्ग अर्थात् पूजीबादी बर्गले हस्तगत गरेको हो । यसरी पुरानो शोषक बर्गको स्थानमा नयाँ शोषक बर्ग फेर्ने रुपमा मात्र ती पुराना क्रान्तिहरु भएका थिए । तर महान अक्टोबर क्रान्ति ती क्रान्तिहरु भन्दा फरक क्रान्ति थियो र हो । निश्चय नै इतिहासका बिभिन्न चरणमा बिभिन्न ठूल्ठूला क्रान्तिकारी आन्दोलन र परिबर्तनहरु भएका हुन् । उदीयमान नयाँ शोषक बर्गले पुरानो शोषक बर्गलाई सत्ताबाट बिस्थापित पनि गरेको हो । यही घटना सामन्त बर्गबिरुद्ध पूँजीबादी बर्गले क्रान्ति गर्दा पनि घटेको हो । तर अक्टोबर समाजबादी क्रान्ति यस अर्थमा के फरक छ भने शोषक शासक बर्गको सत्तालाई समाप्त पारेर यो क्रान्तिले शोषित पीडित मजदुर, बिपन्न किसान जो शोषक बर्गबाट हर किसिमले प्रताडित थिए तिनले शोषक बर्गको शासन सत्ता पल्टाइदिए । क्रान्ति पछि हिजोको जस्तो नयाँ शोषक बर्गको सत्ता होइन कि शोषित पीडित बर्गको सत्ता बिश्वमा पहिलो पटक स्थापित र आरम्भ भयो ।
रुसको त्यो महान समाजबादी क्रान्तिमा सर्बहारा श्रमजीवी बर्गको नेतृत्वदायी भूमिका रहेकोले गर्दा यो बिश्वको पहिलो समाजबादी क्रान्ति भनेर परिचित भयो । लेनिनले के प्रष्ट भनेका छन् भने क्रान्ति त्यतिबेला मात्र सम्पन्न र सफल भएको मानिने छ जति बेला पुरानो राज्य यन्त्र सबै किसिमले समाप्त हुन्छ र नयाँ जन राज्ययन्त्र स्थापित हुन्छ । ठीक यही कुरा त्यसबेला रुसमा सम्पन्न भएको थियो । जुन क्रान्तिले रुसको पुरानो सामन्ती जारशाही सत्तालाई समाप्त पारेको थियो र नब स्थापित समाजबादी सोभियत संघ खडा गरेको थियो । जुन मजदुर, बिपन्न किसान लगायत सबै बर्गीय शोषण र समाजिक उत्पीडनमा परेका बर्ग र समुदायको शासन सत्ता कायम भएको थियो । जहाँ उत्पादनका साधनहरुको समाजिककीरकण गरिन्छ र उद्योग, जमिन र कृषि तथा अन्य उत्पादनका साधनहरु राज्यको मातहतमा हुने र सबैले सामुहीक स्वामित्व ग्रहण गर्ने कुरा यसमा निहीत थियो । वास्तबमा समाजबादी उत्पादन पद्धति बिश्वमा पहिलो पटक त्यही सोभियत सत्ताले ब्यबहारमा उतारेको, कायम गरेको र सफल पारेको हो ।
यसरी बिश्वको क्रान्तिकारी आमूल परिवर्तनबादी दर्शन माक्र्सबादलाई सही किसिमले बुझ्दै, पक्रिदै र लागु गर्दै तथा अझ बिकसित तुल्याउँदै लेनिनले जुन समाजवादी सोभियत संघ स्थापित र बिकसित गरेका थिए र स्तालिनले त्यसलाई थप अर्थ–सामाजिक आधार प्रदान गरेर अघि बढाएका थिए त्यो शोषणरहीत बिश्व समाज आज रहेको छैन । सोभियत कम्युनिष्ट नेतृत्वमा आएको घोर सैद्धान्तिक बिचलन र बाह्य प्रतिकृयावादी शक्तिहरुको कारण शोषित पीडित जनताको त्यो बिश्वको पहिलो राज्य ब्यवस्था समाप्त भयो । तर त्यसले स्थापना गरेका अर्थ–सामाजिक तथा राजनीतिक मानबीय मूल्य–पद्धति र क्रान्तिकारी मूल्यबान परम्पराले आज पनि बिश्वका शोषित पीडित जनतालाई आफ्नो मुक्ति र प्रगतिको निमित्त अजश्र प्रेरणा दिइरहेको छ र सही, रचनात्मक र मानबीय बाटो देखाइरहेको छ । त्यो महान अक्टोबर समाजबादी क्रान्तिको धेय अमर रहोस् !

यो पनि पढ्नुहोस्

विश्वकपको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीच बराबरीमा खेल्याे

विश्वकपको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीच बराबरीमा खेल्याे

१ घण्टा अगाडि

Dukuchhap Water Supply System Inaugurated

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक