काठमाडौं । एमाले केन्द्रीय कमिटी सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । उनलाई बहुविवाह मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।
ताप्लेजुङका शेर्पालाई काठमाडौंको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । ‘अदालतको फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको हो ।’ प्रवक्ता भट्टराईले भने ।
जिल्ला अदालत काठमाडौंबाट उनले बहुविवाह गरेको कसुर प्रमाणित भएको थियो । जिल्ला अदालतले उनलाई २०७९ मा कैद १ वर्ष जेल र ५ हजार जरिवानाको फैसला सुनाएको थियो ।
पछि उच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरेको थियो ।


