बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज। बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको कार्यक्रमको एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले संयुक्त रुपमा आइतबार उद्घाटन गरेका थिए

उद्घाटन समारोहमा बोल्दै एन्फा अध्यक्ष नेम्वाङले फुटबलका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्नका लागि फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपूर्ण रहेको बताए। ‘हामी निकै खुसी छौं। फिफाको अवधारणा अनुसार यो कार्यक्रम एक हजारभन्दा धेरै विद्यालयमा पुगिसकेको छ। यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन यहाँका स्थानीय तह, एन्फा बाँके, फुटबल क्लब र स्थानीयबासीलाई म अनुरोध गर्दछु’, अध्यक्ष नेम्वाङले भने ।

नगर प्रमुख विष्टले फुटबलको विकासमा उपमहानगरपालिकाले सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए। उनले भने, ‘खेलकुदका कार्यक्रममा फुटबल अगाडि छ। बालबालिकालाई फुटबलको माध्यमबाट भएपनि शारीरिक र मानसिक रुपमा बलियो बनाउने प्रयास भइरहेको छ। यो अहिले हाम्रो समाजलाई निकै आवश्यक कार्यक्रम हो। यसमा हामी सहकार्य गर्नेछांै ।’ उनले ग्रासरुट फुटबललाई नियमित गराउन बजेट विनियोजन गर्ने पनि बचन दिएका थिए।

फिफा फुटबल फर स्कुल कार्यक्रमले बाँकेमा फुटबल संस्कृतिको विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई बाँके जिल्ला फुटबल संघले चार महिना अघिदेखि हप्ताको दुई दिन निःशुल्क रुपमा प्रशिक्षण गराउँदै आएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जानकारी दिए। नेपालगन्ज रंगशालामा तीन सय बालबालिकाले बिहीबार र शुक्रबार प्रशिक्षण गरिरहेका छन्। जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले जनाए।

नेपालगन्ज रंगशालामा भएको कार्यक्रममा बाँके जिल्लाका निजी तथा सामुदायिक २५ भन्दा बढी विद्यालयका करिब तीन हजार बालबालिकाको सहभागिता रहेको थियो। उद्घाटनको दिन नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समूहका खेलाडीले प्रशिक्षणसँगै मैत्रीपूर्ण अभ्यास खेल खेलेका थिए।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

३ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक