मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘वरिष्ठ बलराम’ सिनेमा हलमा उत्साहजनक

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘वरिष्ठ बलराम’ सिनेमा हलमा उत्साहजनक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर हिजोबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माणपक्षले जनाएको छ ।

निर्माताका अनुसार चलचित्रले रिलिजको पहिलो दिन ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ भने राजधानीदेखि बाहिरी सहरका सिनेमा हलहरूमा समेत दर्शकको भीड देखिएको छ । आजको अकुपेन्सी राम्रो भएपछि केही हलहरुले शोमा समेत थप गरेका छन् ।

निर्माता आशिष एच तामाङका अनुसार ‘वरिष्ठ बलराम’ का अधिकांश शो हाउसफूल रहेका छन् । उनले भने, “पहिलो दिन बिहानैदेखि धेरै शोहरू हाउसफूल भएका थिए । आज दोस्रो दिन पनि सिनेमा हलमा दर्शकको उपस्थिती उच्च छ । चलचित्र हेर्ने अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् र वर्ड अफ माउथ निकै सकारात्मक छ ।”

दयाहाङ र विजयको स्क्रिन केमिस्ट्री, संवाद र कथा प्रस्तुतिलाई दर्शकले मन पराइरहेका छन् । दोस्रो दिन शुक्रबार पनि बिहानैदेखि टिकट काउन्टरमा दर्शकको चहलपहल देखिएको छ । चलचित्र हेरेर निस्किएका धेरै दर्शकले ‘वरिष्ठ बलराम’ ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिएको प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई “माटो सुहाउँदो कथा” भएको बताएका छन् ।

सकारात्मक रिभ्युसँगै निर्माणपक्ष चलचित्रको व्यापारप्रति आशावादी देखिएको छ । निर्माता तामाङले भने, “दर्शकको प्रतिक्रिया हेर्दा चलचित्र लामो समयसम्म हलमा चल्ने विश्वास बढेको छ ।”

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त शिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो ।

यो पनि पढ्नुहोस्

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

६ दिन अगाडि
२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन

२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक