आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“नेपालले तपाईंलाई पर्खिरहेको छ” — GenZ 2.0 अभियानद्वारा त्रिभुवन विमानस्थलमा प्रतीकात्मक विदाइ कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
“नेपालले तपाईंलाई पर्खिरहेको छ” — GenZ 2.0 अभियानद्वारा त्रिभुवन विमानस्थलमा प्रतीकात्मक विदाइ कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । GenZ 2.0 (सबै पुस्‍ता‌को सारथी) राष्ट्रिय अभियानले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “नेपालले तपाईंलाई पर्खिरहेको छ — तपाईंको आवश्यकता छ” भन्ने सन्देशसहित अध्ययन र रोजगारीका लागि विदेश प्रस्थान गर्न लागेका आम नेपालीहरूलाई फूलमाला र शुभकामना सहित प्रतीकात्मक विदाइ कार्यक्रम सम्पन्न गरेको छ।

यस अवसरमा अभियानका प्रतिनिधिहरूले “तपाईंको ज्ञान, सीप र मिहिनेतले यो देश बन्न सक्छ — फर्किएर नेपाल बनाऔँ”, “देश तपाईं बिना अधुरो छ — फर्क, हामीसँगै देश बनाऔँ”, “नेपालको माटो तपाईं बिना शून्य छ — फर्क र फेरि चमक देऊ” जस्ता प्रेरणादायी सन्देशहरू प्रदर्शन गरेका थिए।

अभियानका प्रवक्ता अरविन राईले भने, “हामी नेपालीहरूको क्षमता र योगदान विदेशमा मात्र होइन, आफ्नै मातृभूमिमा पनि देश निर्माणको मेरुदण्ड बन्न सक्छ। GenZ 2.0 ले हरेक नेपालीलाई फर्किएर योगदान दिने प्रेरणा दिइरहेको छ।”

त्यसैगरी सदस्य सचिव कुन्दन कुशवाले भने, “नेपाल अहिले नयाँ पुस्ताको हातमा पुनर्जागरणको बाटोमा छ। यो अभियान एकताको, आशाको र पुनर्निर्माणको प्रतीक हो।”

GenZ 2.0 अभियानले यसअघि “नेपाल सबैका लागि सधैं खुला छ” भन्ने सन्देशसहित विदेशी पर्यटकहरूलाई स्वागत कार्यक्रम गरेको थियो। अभियानले राष्ट्रिय भेला, सहित तथा घाइते परिवारहरूलाई राहत वितरण, तीनकुने चोकलाई “जेन्जी चोक” नामाकरण, विभिन्न विज्ञहरूसँग अन्तरक्रिया, र विखण्डित देशभक्त समूहहरूलाई एकताबद्ध गर्ने कार्यहरू पनि निरन्तर गरिरहेको छ।

यो अभियानका परिकल्पनाकार तथा संरक्षक डा. हरि कार्की रहेका छन्, जसको नेतृत्वमा GenZ 2.0 ले देशभक्त युवाहरू, विशेषज्ञहरू र नागरिक आन्दोलनहरूलाई एउटै राष्ट्रिय भावनामा बाँध्ने अभियानलाई सशक्तरूपमा अघि बढाइरहेको छ।

GenZ 2.0 — सबै पुस्‍ता‌को सारथी, नयाँ नेपालको यात्रामा।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढ्याे

४७ मिनेट अगाडि
जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी

साउदी अरब उडान स्थगित गर्ने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक