आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

प्रतिनिधि सभा विघटनकाे विषयमा सर्वोच्चमा १० रिट निवेदन दर्ता

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधि सभा विघटन र सरकार गठनका विषयमा सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन् । मङ्गलबार पेस भएका १० वटा रिट निवेदन अध्ययनपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो । दर्ता रिटको प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पेस भएका दस वटै रिट दर्ता भएको जनाउनुभयो ।

सर्वोच्चका अनुसार डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल निवेदक रहेका रिट दर्ता भएका हुन् । दुई रिटमा भने एकभन्दा बढी निवेदक छन् ।

जेनजी आन्दोलनपछि एक महिनाभन्दा लामो समयसम्म बन्दीप्रत्यक्षीकरणका रिट मात्र सुनुवाइ भएकोमा पूर्ण बैठकको निर्णय अनुसार मङ्गलबारबाट सबै प्रकारका रिट र निवेदनहरू दर्ता सुरु भएको थियो । पहिलो दिन विघटन र सरकार गठनसँग सम्बन्धित १० वटा रिट पेस भएका थिए । रिटमा सरकार गठन, प्रतिनिधि सभा विघटनसँगै जेनजी आन्दोलनमा भएको दमन र तोडफोडलगायत विषयमा फरक फरक आदेश पनि माग गरिएको छ । रिटमा प्रधानमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएकाले बदरको माग गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नेपालको संविधानको धारा १३२(२) विपरीत भएको पनि रिटहरूमा जिकिर गरिएको छ । सर्वोच्च अदालतको अवकाश प्राप्त प्रधान न्यायाधीश तथा न्यायाधीश कुनै पनि सरकारी पदमा नियुक्तिका लागि अयोग्य हुने संवैधानिक व्यवस्था प्रतिकूल कार्की प्रधानमन्त्री नियुक्त भएकाले बदरको माग गरिएको छ । यही प्रश्न मन्त्रीमण्डलका सदस्य अनिलकुमार सिन्हाको नियुक्तिमा पनि उठाइएको छ ।

यस्तै प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनसमेत असंवैधानिक भएकाले बदरको माग पनि निवेदनहरूमा गरिएको छ । असंवैधानिक कार्यलाई अनुमोदन गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलमाथि महाभियोगको प्रक्रिया अघि बढाउन सङ्घीय संसद्का नाममा आदेशको माग पनि रिटमा गरिएको छ ।

भदौ २३ को घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न र भदौ २४ गतेको सर्वोच्च अदालत, संसद् भवन र सिंहदरबार तोडफोडमा संलग्नलाई कारबाहीको आदेशका लागि माग गरिएको छ । भदौ २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख, काठमाडौँ जिल्लाका प्रहरी प्रमुखमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्ने आदेशको माग पनि रिटमा गरिएको छ । सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी गर्नेको प्रमाण सङ्कलन गरी छानबिन र कानुनी कारबाही अघि बढाउने आदेशको माग पनि रिटमा गरिएको छ । सबै रिटमा राष्ट्रपति कार्यालय, नवनियुक्त प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।

यो पनि पढ्नुहोस्

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

५ दिन अगाडि
डा सरोज कुमार गिरीले  पायाे न्याय

डा सरोज कुमार गिरीले पायाे न्याय

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक