सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश नदिएको प्रष्ट

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश नदिएको प्रष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री र आफूले नदिएको प्रष्ट पार्नुभएको छ ।

सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्नुहुँदै पूर्वगृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो । ‘जेनजी आन्दोलनको मागहरु जायज थिए, शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए, तर आन्दोलनमा घुसपैठ भयो भन्ने जेनजी नेतृत्वले नै भनिरहेकाले मैले थप भन्नु परेन’ उहाँले भन्नुभयो ।

गत भदौ २३ गते र २४ गते भएको आन्दोलनमा आफूले नैतिकताले २३ गते नै पदबाट राजीनामा दिइसकेको स्मरण गराउनुहुँदै उहाँले भन्नुभयो, “प्रहरीलाई गोली हान्ने आदेश हाम्रो थिएन, आदेश गर्ने विषय पनि होइन । प्रधानमन्त्री र मैले आदेश दिएका छैनौं, म यो स्पष्ट पार्न चाहन्छु ।” घटनाहरु दुःखद भएकाले म आफू पनि निकै दुःखी बनेको उहाँले बताउनुभयो ।

मुलुकको नयाँ घटनाक्रमलाई लिएर काँग्रेसको बैठक नियमित बसिरहेको बताउँदै उहाँले पार्टी पाधिकारी र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरुसँग निरन्तर छलफल जारी रहेको उहाँले बताउनुभयो । नेपाली काँग्रेस र संविधानको रक्षा र लोकतान्त्तिक पद्धतिका लागि सबै दलहरुबिच एकताको खाँचो रहेको उहाँले बताउनुभयो ।

समस्याको समाधानका लागि बृहत्तर एकता र संवादको खाँचो रहेको बताउँदै उहाँले जेनजी पुस्ताको माग सम्बोधन गर्न पनि संवादको आवश्यकता रहेको बताउनुभयो । ती मागहरु लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा सम्बोधन हुने उहाँको भनाइ छ ।

कसैले कसैप्रति प्रतिशोध साँध्नुभन्दा पनि जिम्मेवारीका साथ सबै दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । संकटका बेला मुलुकलाई समाधान दिन सबै दलको जिम्मेवारी रहेको बताउँदै उहाँले त्यसका लागि सरकारले सामुहिक संवाद गर्नुपर्ने उहाँको सुझाव छ ।

मुलुकको संविधान बमोजिम र कानुनी शासनको माध्यमबाट नै मुलुकको निकास सहज हुने बताउँदै उहाँले वर्तमान सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । ‘मुलुक अहिले गम्भीर अवस्थामा छ, यो अवस्थालाई बुझेर संयमित रुपले निकास खोल्नुपर्छ, लोकतान्त्रिक मूल्य मान्यतालाई ध्यान दिएर समाधान खोज्नुपर्छ’ उहाँले भन्नुभयो ।

पूर्वगृहमन्त्री लेखकले आन्दोलनका क्रममा साहदत्त प्राप्त गर्नुभएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभयो । आन्दोलनलगत्तै उहाँको आमाको निधन भएपछि उहाँ किरियामा रहनुभएको थियो । उहाँले आज लामो समयपछि आफ्नो धारणा रार्वजनिक गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो

नेपालभाषा स्नातक तहमा समयमै भर्ना हुन अनुराेध

३५ मिनेट अगाडि
आज हरितालिका तीज

अटल सौभाग्यको कामना गरी मनाइँदै हरितालिका तीज 

४६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक