काभ्रेपलाञ्चोक। गत असोज १७ र १८ को अविरल वर्षाका कारण घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
वर्षाका कारण घर भत्किँदा घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी गराए।
उनका अनुसार मोक्तान भौगोलिक रुपमा विकट रहेका डाडाँपारीको महाभारत गाउँपालिका–८ घर्तिछापका हुन् ।


