बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तरिम सरकार असंवैधानिक कि संवैधानिक ?

सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी, संविधान र नजीरले संसद् बाहिरबाट दिन्न !

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
अन्तरिम सरकार असंवैधानिक कि संवैधानिक ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार संवैधानिक कि असंवैधानिक भन्ने विषयमा बहस सुरु भएको छ । केही पुराना दलले संविधानभन्दा बाहिर गएर कार्कीको नियुक्ति भएको आरोप लगाएका छन् भने संसद् विघटनलाई असंवैधानिक भन्दै असहमति व्यक्त गरेका छन् । केही अधिवक्ताले सरकारविरुद्ध सार्वजनिक सरोकारको रिट सर्वोच्च अदालतमा दायर गर्ने तयारी पनि गरेका छन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार ताजा जनादेशमा जानका लागि चुनाव गराउने र त्यतिन्जेल शासन सञ्चालन गर्ने गरी गठन भएको हो । संविधानले प्रधानमन्त्री नियुक्त गर्नका लागि धारा ७६ मा व्यवस्था गरे पनि प्रतिनिधिसभाभन्दा बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा ६१ (४)ले संविधानको संरक्षक र पालक राष्ट्रपति हुने व्यवस्था गरेको छ । संविधानको धारा ६१ (४) मा भनिएको छ, ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।’ कतै पनि ठाउँ नभएपछि संविधानविद्हरूको सुझावअनुसार राष्ट्रपति पौडेलले ‘अभिभावकीय भूमिका’मा संविधानको प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । यो सरकार सडक आन्दोलनको म्यान्डेटमा भएकाले पनि संवैधानिक बाधाव्यवधानलाई नजरअन्दाज गरिएको देखिन्छ ।
आन्दोलनकारीले वार्ताका क्रममा संसद् विघटनसहित अन्तरिम सरकार गठन माग गरेका थिए । संविधान कायम राखेर संविधानसभाबाट जारी भएको यही संविधानको अभिभावकीय भूमिकामार्फत नागरिक सरकार गठन गर्ने सहमति जुटेको थियो । संविधानतः प्रतिनिधिसभाको अवधि ०८४ मंसिरमा मात्र समाप्त हुन्थ्यो । तर, जेनजीको प्रदर्शनपछि प्रधानमन्त्रीसहित प्रमुख नेताहरू भाग्नुपर्ने र सबैजसो सरकारी कार्यालय र अदालत समेत जलेर ध्वस्त भएको संकटपूर्ण अवस्थामा आन्दोलनलाई सम्बोधन गर्न संसद् विघटन भएको हो ।
अघिल्लो कार्यकालमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । त्यसबेला उनले ०७७ पुस ५ र ०७८ जेठ ८ गरी दुईपटकसम्म विघटन गरेको संसद् संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापित गरेको थियो । सर्वोच्चबाट संसद्बाट सरकार बन्न सक्ने अवस्था हुँदासम्म संसद् विघटन नहुने नजिर बनेको थियो ।
प्रधानमन्त्री बनाउने व्यवस्था भने नेपालको संविधान २०७२ को धारा ७६ मा छ । यो धाराले सामान्य अवस्थामा बहुमत प्राप्त दल वा गठबन्धनमार्फत सरकार गठनको प्रक्रिया तोकेको छ । तर, संकटपूर्ण अवस्थाको तर्कको बलमा धारा ६१ प्रयोग गरिएको हो । जेनजी आन्दोलनको क्रममा ७४ जनाको ज्यान गयो र संसद भवनसहित सरकारी संरचनाहरूमा आगजनी भयो । देश अराजकतातिर धकेलिएको अवस्थामा राष्ट्रपति पौडेलले सेनापतिसँग परामर्श गरी संसद विघटन गरेर कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरे । केही विश्लेषकले यो कदमलाई संकट समाधानको संवैधानिक उपाय जनाएका छन् ।
अर्कोतर्फ केही विज्ञले वर्तमान सरकारको संवैधानिकताभन्दा पनि संविधानअनुसार यसअघि गठन भएका सरकारको असफलता र पुराना दलमाथि प्रश्न उठाउनुपर्ने जनाएका छन् । कांग्रेस र एमालेको गठबन्धनमा धारा ७६ को संवैधानिक व्यवस्थाअनुसार बनेको सरकार किन असफल भयो ? यो व्यवस्था असफल हुनुमा जिम्मेवार को हो, शासक कि शासित ? जब निर्वाचित सरकार जनताको इच्छाका लागि विनाशकारी हुन्छ, जनतासँग के विकल्प रहन्छ ? जस्ता प्रश्न पुराना दल र तिनका नेतृत्वकर्तामाथि नै उठेको विश्लेषकहरुको भनाइ छ ।
यसबीचमा, अन्तरिम सरकारले तत्काल सक्रियता देखाएको छ । कुलमान घिसिङ ऊर्जामन्त्री, रामेश्वर खनाल अर्थमन्त्री र ओमप्रकाश आर्याल गृहमन्त्री नियुक्त भएका छन् । यस्तै, अनिलकुमार सिन्हा उद्योगमन्त्री, महावीर पुन शिक्षामन्त्री, मदन परियार कृषिमन्त्री र जगदीश खरेल सूचनामन्त्री भएका छन् । मन्त्रिपरिषद्ले जेनजी आन्दोलन दमन र हिंसात्मक घटनाको छानबिनका लागि विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोगसमेत गठन गरेको छ । गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोलाई तीन महिनाको समय दिइएको छ । पदभार सम्हालेकै दिन कार्कीले सरकारी÷सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् । यसअघि बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । तर, कसको नेतृत्वमा कसरी आयोग गठन गर्ने भन्नेबारे यकिन भएको थिएन । सो प्रदर्शनका क्रममा ७४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । जनधारणा साप्ताहिक

 

 

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेमा विशेष महाधिवेशन माग

२ हप्ता अगाडि
नेताहरुको सम्पत्ति छानबिन सुरु

नेताहरुको सम्पत्ति छानबिन सुरु

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक