बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जेनजी आन्दोलनबाट निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ क्षति

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
जेनजी आन्दोलनबाट निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ क्षति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहितको प्रतिनिधि मण्डलले यस्तो प्रारम्भिक क्षति औँल्याएको हो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले देशैभरको क्षति विवरण सङ्कलन गरिरहेको र हालसम्म उपलब्ध सूचना अनुसार करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन रहेको बताउनुभएको हो । ढकालले ठुलो क्षति भएका उद्योग र साना एवं राजधानीबाहिरका केही व्यवसायको विवरण आउन नसकेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभयो ।

महासङ्घ र परिसङ्घले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको जनाएका छन् । छलफलमा अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।

“हामी पनि समालिँदै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न निजी क्षेत्र तयार छ,” अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महìव बुझ्न नसकिएको रूपमा हेर्न सकिने बताउनुभयो ।

बैठकमा सहभागी नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेका अनुसार प्रधानमन्त्री कार्कीले निजी क्षेत्रले भोगेका समस्यामा समाधान निकाल्ने गरी आवश्यक नीतिगत सहजीकरण गर्न मन्त्रीपरिषद् बैठकमा छलफल गरिने बताउनुभएको थियो । “निजी क्षेत्रले भोगेका समस्या र तत्काल निकाल्न सकिने समाधानका विषयमा प्रधामन्त्रीज्यूले हामीलाई ढाडस दिनुभएको छ,” पाण्डेले भन्नुभयो ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिले क्षतिको बिमादाबी प्रव्रिmया द्रुत हुनुपर्ने र दाबीको आधा रकम सुरुमै भुक्तानी हुने प्रबन्ध गरिदिन आग्रह गरेका थिए । यसमा अर्थमन्त्री रामेश्वर खनाल पनि संवेदनशील रहनुभएको पाण्डेले जानकारी गराउनुभयो ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले बेहोरेको अकल्पनीय नोक्सानीले अब लगानी किन गर्ने भन्ने गम्भीर प्रश्न उठेको भन्दै निजी क्षेत्रलाई अब एकीकृत सुरक्षा रणनीति बनाई लगानीकर्ताको खस्केको मनोबल उकास्न वित्तीय सहजताका उपायसमेत ल्याउन आग्रह गर्नुभएको थियो ।

छलफलमा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकरलगायतमा छुट प्रदान गर्न पनि निजी क्षेत्रका प्रतिनिधिले माग गरे ।

यसै गरी सहुलियतपूर्ण कर्जा र नयाँ संरचना निर्माण गर्न आवश्यक सामान आयातमा प्रभावित व्यवसायीलाई भन्सारलगायत शुल्कमा छुट दिन पनि आग्रह गरिएको छ । छलफलमा महासङ्घ अध्यक्ष ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पुनर्निर्माणमा लगाउन सकिने हुँदा त्यसलाई खर्चका रूपमा देखाउन पाउने र अन्य सहजीकरण आवश्यक रहेको औँल्याउनुभयो ।

छलफलका क्रममा चालु  पुँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनर्कर्जा, ब्याज अनुदानलगायतका वित्तीय सहुलियत तत्काल दिन सकिनेतर्पm व्यवसायीहरूले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक