मङ्ल, कार्तिक ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
वीरगञ्जमा खानेपानीको हाहाकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ ।  व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास-१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जीआई पाइप बगाएपछि पानी वितरण प्रभावित भएको हो ।

करिब १३ किलोमिटर टाढाबाट भादगाउँ खानेपानी तथा उपभोक्ता समितिले पानी ल्याएर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए।

उनले भने, ‘गत भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म परेको अविरल वर्षाका कारण खानेपानी पाइपमा नोक्सान हुँदा पानी वितरणमा कठिनाइ भोग्नुपरेको छ ।’ खानेपानी वितरण सहज बनाउनका लागि प्राविधिकसहितका जनशक्ति परिचालन गरिएको छ उनले जनाए।

उक्त संस्थाले छाब्दी मुहान, छाब्दी खोलामा दुई वटा लिफ्ट र खिरखादी गरी सानाठूला चार योजनाबाट पानी संकलन गरी व्यास–१ र १२ का दुई हजार ६८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसम र वर्षायामको समयमा बाढी र पहिरोका कारण समय समयमा खानेपानी अवरुद्ध हुँदै आएको छ ।

समितिका अनुसार सानाठूला गरी चार वटा योजनाबाट प्रतिसेकेण्ड १५ लिटर पानी ट्यांकीमा संकलन गरी उपभोक्तालाई वितरण भइरहेको छ ।

यस क्षेत्रमा बस्ती विस्तारसँगै पानीको अभाव भएपछि सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजना पनि निर्माण भइरहेको छ । १९ करोड लागतमा आयोजना निर्माण अघि बढाइएको र हालसम्म ७० प्रतिशत कार्य प्रगति भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए।

निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा सम्झौता गरेपनि अझै सम्पन्न हुन सकेको छैन ।

अध्यक्ष दरैले भने, ‘अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्यांकी निर्माण सम्पन्न गरी गार्ड हाउस र फिल्टर मिडियाको कार्य भइरहेको छ ।’

यो पनि पढ्नुहोस्

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न  (भिडियाे सहित)

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न (भिडियाे सहित)

१ दिन अगाडि
कामनपाले नेवाः शैलीमा घर बनाउनेलाई ४० लाखसम्म अनुदान

कामनपाले नेवाः शैलीमा घर बनाउनेलाई ४० लाखसम्म अनुदान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन हुने

गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा अस्वीकार

न्यून मात्रामा सवारी साधन सञ्चालन

एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक