बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सञ्चालन हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सञ्चालन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रामपुर । जेनजी आन्दोलनका कारण रामपुरमा स्थगित भएको तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता आगामी असोज २६ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक ज्योतिपुञ्ज युवा क्लवले शुक्रबार सूचना जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

पूर्वनिर्धारित तालिका अनुसार असोज ३ देखि ११ गतेसम्म सञ्चालनको लागि तयारी भैरहेको अवस्थामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिको कारण तत्कालको लागि स्थगित भएको थियो । ज्योतिपुञ्ज कप कालीगण्डकी वेशी क्षेत्रकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा परिचित छ । आन्दोलनपश्चात् जनजीवन सामान्य बन्दै गैरहेको र दसैँपश्चात् वातावरण थप सहज हुने विश्वासका साथ नयाँ मिति सार्वजनिक गरिएको क्लबका अध्यक्ष सुन्दर रानाले जानकारी दिनुभयो  ।

रामपुर नगरपालिका–७ किसानबारी खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । ‘फुटबल खेल मैदान निर्माणको अभियान : रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने नाराको साथ प्रतियोगिताको तयारी भैरहेको छ । प्रतियोगितामा राष्ट्रिय स्तरको १० क्लबहरुको सहभागिता रहने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेताले ३ लाख ५० हजार र उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै सेमिफाइनलमा पुग्ने तर फाइनलमा पुग्न नसक्ने टिमलाई २५।२५ हजार नगद प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १७ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । अधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदाउँदो खेलाडी, उत्कृष्ट कोचलाई नगद ८ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको संरक्षकमा रामपुर नगरपालिका  छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

३ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक