काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलो पटक सार्वजनिक भएका छन्।
उनले बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गर्दै आन्दोलनका क्रममा बचाउन प्रयास गर्ने र सरसफाइ गर्नेलाई धन्यवाद समेत दिए।
जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा आगजनी भएको थियो।
आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा राखी सुरक्षा प्रदान गरेको थियो।


