काठमाडौं । आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ वा ‘गुन्युचोलो’ मध्ये एक चलचित्रले गर्ने भएको छ ।
यी २ चलचित्रले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए ।
यी २ चलचित्रमध्येबाट कुनै एकको टुंगो लगाइने कमिटीका एक सदस्यले जानकारी गराए ।
सम्भवतः केही दिनमा कमिटीले नेपालको प्रतिनिधित्व गर्ने कुनै एक फिल्मबारे निर्णय गर्नेछ ।
अस्कर कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि वर्षेनी चलचित्र सिफारिस गर्छ ।
९८ औं एकेडेमी अवार्ड (अस्कर) आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुन्छ ।


