आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार समाज

उपत्यकाको जनजीवन सामान्य हुँदै

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
उपत्यकाको जनजीवन सामान्य हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  ‘जेनजी’ आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । शान्ति सुव्यवस्था कायम गर्ने सिलसिलामा अझै पनि निश्चित समय निषेधाज्ञा र कफ्र्यु कायम रहे पनि बिहान र बेलुकाको समयमा दैनिक जनजीवन सामान्य बन्दै गएको छ ।यससँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय खुल्दै गएका छन् । सडकमा अत्यावश्यक सेवाका अतिरिक्त चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी, निजी सवारीसाधन निर्वाध रूपमा गुड्न थालेका छन् ।

चोकचोकमा सेनासहितका सुरक्षा निकायका गस्तीले पनि नागरिकलाई सुरक्षाको प्रत्याभूति गरेकाले जनजीवन सहज बन्न पुगको हो । आन्दोलनका क्रममा विस्थापित भएका प्रहरी कार्यालयबाट सेवा प्रवाह सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

खासगरी काठमाडौँको सहरी इलाकामा बिहान सबेरै दैनिक उपभोग्य सामग्री किनमेलका लागि भीड जस्तै देखिन्थ्यो । व्यवसायीले कालीमाटी, बल्खु, माछापोखरी, लगनखेलगायत क्षेत्रमा पुगेर तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ सङ्कलन गरी बिक्री गरेका थिए ।

आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका भवन तथा संरचनाको सरसफाइ, फोहर व्यवस्थापन कार्य तदारुकताका साथ अघि बढेका छन् । सिंहदरबारभित्रका मन्त्रालय तथा कार्यालयका कर्मचारी पनि सेवा प्रवाहमा सहजीकरण ल्याउन र दैनिक कामकाज गर्ने वातावरण बनाउन खटिएका छन् ।

सडकमा भेटिएका प्रायःजसोले आन्दोलनको क्षतिको कुरा गरिरहँदा  पुरातात्विक महत्त्वको प्रमुख राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबार जलेकामा चिन्ता र दुःखेसो पोखेको सुनिन्थ्यिो । आगजनीबाट नष्ट भएको संसद् भवन, सिंहदरबार तथा व्यावसायिक भवनमा भएको क्षति अवलोकन गर्न घुइँचो देखिन्थ्यो ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि सरसफाइको काम भइरहेको देखिन्छ ।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

१ महिना अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक