मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुर अस्पतालमा विशेष उपचार केन्द्र स्थापना

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
भक्तपुर अस्पतालमा विशेष उपचार केन्द्र स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । नेपालमा बढ्दो औषधि प्रतिरोधी क्षयरोगको चुनौतीलाई सम्बोधन गर्न भक्तपुर अस्पतालमा विशेष उपचार केन्द्र स्थापना गरिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र भक्तपुर अस्पतालबीच यही भाद्र २२ गते एक समारोहकाबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार औषधि प्रतिरोधी क्षयरोगका कारण मृत्यु हुने प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ। यसै सन्दर्भमा, क्षयरोगको उपचार सफलता दर बढाउन र उपचारको लामो अवधि तथा उच्च लागतजस्ता समस्याहरूलाई कम गर्न नेपाल सरकारले BPaL/BPaLM जस्ता नयाँ उपचार विधिहरू पनि सुरु गरेको छ।

सम्झौताअनुसार, अब भक्तपुर अस्पतालले आफ्ना बिरामीहरूलाई औषधि प्रतिरोधी क्षयरोगको उपचार सेवा प्रदान गर्नेछ। यसले स्थानीयस्तरमै बिरामीहरूलाई उपचारमा सहज पहुँच प्रदान गर्ने विश्वास गरिएको छ। कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारी र भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र प्रसाद भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। समारोहमा भक्तपुर नगरपालिकाका प्रतिनिधि,  राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका कर्मचारी र भक्तपुर अस्पतालका करिब ६० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगको निदान विस्तार गर्न, उपचारलाई स्वास्थ्य बीमासँग जोड्न र आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न विभिन्न पहलहरू गरिरहेको छ।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

१७ घण्टा अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक