काठमाडौं । लोकप्रिय हास्य–व्यङ्ग्यात्मक कार्यक्रम ‘कमेडी दरबार’ सामाजिक सञ्जाल प्रतिबन्धका कारण निर्धारित मितिमा युट्युबमार्फत सार्वजनिक हुन सकेन।
टिमले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै सरकारले युट्युब सहित सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको कारण शुक्रबारकाे एपिसोड प्रसारण हुन नसकेको जनाएको हाे
“सरकारको निर्णय हो, मान्ने बाहेकको विकल्प छैन। हाम्रा दर्शक–श्रोतासँग क्षमा प्रार्थना गर्दछौँ,” टिमले जारी गरेको सूचनामा भनेको छ।
शुक्रबार सार्वजनिक गर्ने तय गरिएको नयाँ एपिसोड रोकिएकोमा टिमले दुःख व्यक्त गर्दै दर्शक-श्रोताको निरन्तर समर्थनका लागि धन्यवादसमेत व्यक्त गरेको छ ।


