काठमाडौं । सोलुखम्बु, सोलुदुधकुण्ड नगरपालिका-६ छुल्यामु बस्ने ४३ वर्षीय पेम्बा नुरू शेर्पा छिमेकीको घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, जानकी गाउँपालिका-६ कपासी बस्ने २१ वर्षीय मुकेस पासी सोही गाउँपालिका-६ रिहार गाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थाम फेला परेका छन् ।
बागलुङ, बागलुङ नगरपालिका-१ मालढुङ्गास्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


