मकवानपुर । हेटौंडा उपमहानगरपालिका-३ च्यानडाँडास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १२ किलो ८ सय ६० ग्राम फेला पारी गए राति प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानबाट खटिएको प्रहरीलाई देख्नासाथ २ वटा मोटरसाइकलमा सवार व्यक्तिहरूले बोरा फालेर फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


