शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ,के आउला फैसला ?

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ,के आउला फैसला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लामो समयदेखि विवादको चपेटामा छ । संस्थाभित्रको नेतृत्व सङ्कट समाधान हुन नसक्दा अदालतमा मुद्दाको थुप्रो लागेको छ भने पूर्व अध्यक्षहरू भने एकताको पक्षमा खुलेर उत्रिएका छन् । उनीहरूले सङ्गठनको दीर्घकालीन हितका लागि वास्तविक एकताबाहेक अर्को विकल्प नरहेको बताएका छन् ।
२०७८ सालको विवादले आजसम्म दुई अलग–अलग समूह खडा गरिदिएको छ— सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशनबाट बनेको महेश श्रेष्ठ नेतृत्वको एनआरएनए र अर्कोतर्फ बद्री केसी नेतृत्वको एनआरएनए। विवादकैबीच केसी पक्षले आगामी अक्टोबरमा महाधिवेशन गर्ने घोषणा गरेपछि पुनः तनाव  चुलिएको छ ।
संस्थापक अध्यक्ष उपेन्द्र महतोले हालै एक विज्ञप्ति जारी गर्दै केसी समूहले सार्वजनिक गरेको महाधिवेशन मूल आयोजक समितिप्रति नै असन्तुष्टि जनाएका छन् । उनले “वास्तविक एकताको महाधिवेशनबाहेक अन्य कुनै अधिवेशन एकताको हुन सक्दैन” भन्दै आफ्नो नाम प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् ।
यस्तै पूर्व अध्यक्ष जीवा लामिछानेले विभाजित एनआरएनए आफ्नो चाहना नभएको भन्दै कुनै एक पक्षको गतिविधिमा संलग्न नहुने स्पष्ट पारेका छन् । पूर्व अध्यक्ष कुमार पन्तले पनि एकताबद्ध एनआरएनएकै पक्षमा रहेको बताए । उनीहरूको सामूहिक भनाइ छ— “एकतर्फी अधिवेशनले समस्या झनै चर्काउँछ, समाधान होइन।”
एनआरएनए विवाद सर्वोच्च अदालतसम्म पुग्दा अहिले आधिकारिकताको मात्र ६ वटा मुद्दा पूर्ण इजलासमा विचाराधीन छन् । बद्री केसी, आरके शर्मा र परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका निवेदकहरूले दायर गरेका ती मुद्दा आज (बिहीबार) पूर्ण इजलासमा पेसी तोकिएका छन् ।
यसअघि १० औँ महाधिवेशन दुई स्थानमा भएपछि अध्यक्ष नै दुई–दुई जना बनेका थिए । त्यसलाई अवैध ठहर गर्दै सर्वोच्चले २०८० चैत २१ गते एकता महाधिवेशन गर्न आदेश दिएको थियो । तर सो आदेश कार्यान्वयनमा विवाद बढ्दै गएपछि ११ औँ महाधिवेशनसमेत विवादित बन्यो ।
भोटिङ सिस्टम (भेरो) मा धाँधली भएको दाबी, होटेल सोल्टी र होटेल हिमालयमा छुट्टै अधिवेशन, र त्यसपछि आएका अदालतका आदेशले समस्या अझ गिजोलिएको छ । सर्वोच्चले १० औँ महाधिवेशन नै अवैध ठहर गरेसँगै शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई एकता महाधिवेशन गर्न आदेश दिँदा ११ औँ महाधिवेशन स्वतः निष्क्रिय भएको थियो ।
तर, केसीले आफू नै वैधानिक अध्यक्ष भएको दाबी गर्दै सचिवालयमा कब्जा जमाएका  छन् भने महेश श्रेष्ठ पक्ष पनि वैशाखमा सम्पन्न एकता महाधिवेशनबाट आफू नै वैधानिक समिति भएको अडानमा छ । यसैबीच आरके शर्मा पनि “केसी धाँधली गरेर अध्यक्ष बनेको” भन्दै आधिकारिकता मागेर सर्वोच्च गएका छन् ।
विश्लेषकहरूको भनाइमा, यदि सर्वोच्चको पहिलो आदेशअनुसार एकता महाधिवेशनलाई नै वैधानिक मान्दै त्यसमा छुटेका पक्षलाई पनि समेटेर अघि बढ्न सकियो भने मात्र वास्तविक एकता सम्भव छ । यसो भएमा दुवै पक्षको सम्मान हुने र एनआरएनए नयाँ दिशामा अघि बढ्न सक्ने बताइन्छ ।
सङ्घभित्र जीवा लामिछाने, उपेन्द्र महतो लगायतका पूर्व अध्यक्षहरूलाई प्रभावशाली अभियन्ता मानिन्छ, जसको सक्रियतामै संघ स्थापना भएको थियो । त्यसैले उनीहरू संस्थाको एकताका लागि कुनै एक पक्षमा होइन, सङ्गठनकै हितमा उभिएका छन् ।
सर्वोच्चमा तोकिएको आजको पूर्ण इजलासमा एनआरएनएको ६ मुद्दा छिनोफानो हुने सम्भावना छ । ‘हेर्न नमिल्ने’ न्यायाधीशबाहेक अन्यबाट इजलास तोकिएकोले मुद्दा छिट्टै टुङ्गो लाग्ने अपेक्षा गरिएको छ ।
अभियन्ताहरूका अनुसार अदालतले दिने फैसला नै एनआरएनएको भविष्य र नेतृत्व विवाद समाधानको निर्णायक टर्निङ  प्वाइन्ट बन्न सक्नेछ ।

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१४ घण्टा अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक