सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डेनमार्कमा ८ हजार ५ सय वर्षअघिको तटीय बस्ती फेला

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
डेनमार्कमा ८ हजार ५ सय वर्षअघिको तटीय बस्ती फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन् ।

यस गर्मीमा गोताखोरहरूले डेनमार्कको दोस्रो ठूलो सहर आर्हस नजिकैको समुद्री सतहबाट करिब ८ मिटर (२६ फिट) तल पाषाण युगको बस्तीका अवशेष संकलन गरेका थिए । छ वर्ष लामो अन्तर्राष्ट्रिय परियोजनाको हिस्साका रूपमा रहेको यो उत्खनन एक करोड ३२ लाख युरो (करिब एक करोड ५५ लाख डलर) लागतको हो ।

यस परियोजनामा युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोग रहेको छ । परियोजनामा आर्हसका साथै बेलायतको ब्राडफोर्ड विश्वविद्यालय र जर्मनीको लोअर स्याक्सनी इन्स्टिच्युट फर हिस्टोरिकल कोस्टल रिसर्चका विज्ञहरू सहभागी छन् ।

परियोजनाको मुख्य उद्देश्य डुबेका उत्तरी युरोपेली भू–दृश्यहरूको खोजी गर्नुका साथै अपतटीय पवन फार्म तथा अन्य समुद्री पूर्वाधार विस्तारसँगै हराएका मेसोलिथिक बस्तीहरू उजागर गर्नु हो ।

अन्तिम हिमयुगपछि समुद्री सतह क्रमशः बढ्दै गएको थियो । पुरातत्त्वविद् पिटर मो एस्ट्रपका अनुसार अहिलेसम्म पाषाण युगका बस्तीहरूको अधिकांश प्रमाण तटदेखि भित्री क्षेत्रमा फेला परे पनि यो बस्ती भने पुरानो तटरेखामै अवस्थित थियो । उनले भने,’यहाँ हामीले वास्तविक पुरानो तटरेखा पाएका छौँ । हामीसँग सिधै समुद्र किनारामा बसोबास गरेको बस्तीको प्रमाण छ । हाम्रो उद्देश्य त्यतिबेलाको तटीय जीवन कस्तो थियो भन्ने बुझ्नु हो ।’

हिमयुगपछि बरफका पत्रहरू पग्लिँदा समुद्रको सतह तीव्र गतिमा बढेको थियो । करिब आठ हजार पाँच सय वर्षअघि समुद्री सतह प्रति शताब्दी करिब दुई मिटर (६.५ फिट) ले बढेको थियो ।

मो एस्ट्रप र उनको टोलीले आर्हस नजिकैको मोस्गार्ड सङ्ग्रहालयमार्फत आजको तटमा भेटिएको ४० वर्गमिटर क्षेत्रफलको सानो बस्ती उत्खनन गरेका छन् ।

बढ्दो समुद्री सतहले त्यसबेलाको जीवनशैलीलाई ‘टाइम क्याप्सुल’ जस्तै संरक्षित गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ । प्रारम्भिक उत्खननमा जनावरको हड्डी, ढुङ्गाका औजार, तीरका टाउका, सिलका दाँत र काम गरिएको काठका टुक्रा फेला परेका छन् । सम्भावित भविष्य विश्लेषणका लागि उनीहरूले पानीमुनि प्रयोग हुने विशेष भ्याकुम उपकरणमार्फत मिटर–मिटरको हिसाबले सामग्री संकलन गरिरहेका छन् ।

शोधकर्ताहरूलाई आगामी उत्खननमा हर्पुन, माछा मार्ने काँटी तथा माछा मार्ने संरचनाका निशान भेटिने आशा छ ।

हाल आर्हसको तुलनात्मक शान्त र सुरक्षित खाडीमा उत्खनन भइरहेका छन् । आगामी चरणमा जर्मनीको तट र उत्तर सागरका दुर्गम दुई स्थानमा थप उत्खनन गर्ने योजना छ ।

हजारौँ वर्षअघि समुद्री सतह बढ्दा, ‘डोगरल्यान्ड’ भनिने विशाल भू–भाग समुद्रले डुबायो । यो भू–भागले बेलायतलाई महाद्वीपीय युरोपसँग जोड्थ्यो, तर अहिले दक्षिणी उत्तर सागरमुनि डुबेको छ । समुद्री सतह वृद्धिको इतिहास बुझ्न अनुसन्धानकर्ताहरूले डेन्ड्रोक्रोनोलोजी अर्थात् रूखका रिङहरूको अध्ययन गरिरहेका छन् । माटो र समुद्री पिँधका थिग्रेनीका रूपमा सुरक्षित डुबेका रूखका स्टम्पहरूले तटीय जङ्गल कहिले डुबायो भन्ने ठ्याक्कै बताउँछ ।

मोस्गार्ड सङ्ग्रहालयका डेन्ड्रोक्रोनोलोजिस्ट जोनास ओग्डल जेन्सेनले भने, ‘यी रूखहरू तटरेखामा कहिले मरे भन्ने कुरा हामी ठ्याक्कै भन्न सक्छौँ । यसले समयसँगै समुद्री सतह कसरी परिवर्तन भयो भन्ने स्पष्ट पार्छ ।’

आज विश्वले जलवायु परिवर्तनका कारण समुद्री सतह वृद्धिको चुनौती सामना गरिरहेको अवस्थामा, यी पाषाण युगीन उत्खननहरूले त्यतिबेलाका समाजहरूले बदलिँदो तटरेखासँग कसरी जुझिरहेका थिए भन्ने विषयमा प्रकाश पार्ने अपेक्षा गरिएको छ ।  मो एस्ट्रपले भने, ‘यसको मानव जीवनमा के असर पर्छ भन्ने ठ्याक्कै भन्न गाह्रो छ । तर यो स्पष्ट छ कि यसले लामो समयसम्म ठूलो प्रभाव पारेको थियो, किनकि यसले सम्पूर्ण परिदृश्यलाई परिवर्तन गरिदिएको थियो ।’

संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०१३ देखि सन् २०२३ को अवधिमा समुद्रको सतह विश्वव्यापी औसत चार दशमलव तीन सेन्टिमिटरले बढिसकेको छ ।

यो पनि पढ्नुहोस्

रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया

रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया

६ दिन अगाडि
१३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

१३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक