शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 बंगलादेशद्वारा पाकिस्तानलाई नरसंहारकाे माफी माग्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
 बंगलादेशद्वारा  पाकिस्तानलाई नरसंहारकाे माफी माग्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । बंगलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी माग्न आग्रह गरेको छ।

बंगलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले आइतबार ढाकामा भएको द्विपक्षीय बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग यो विषय उठाउनुभएको थियो।

‘सन् १९७१ मा पाकिस्तानले गरेको नरसंहारबारे औपचारिक र आधिकारिक माफी माग्नु, सम्पत्तिको विभाजन, सन् १९७० को चक्रवात पीडितका लागि विदेशी सहायता हस्तान्तरण, फसेका पाकिस्तानीहरूको स्वदेश फिर्ती जस्ता लामो समयदेखि बाँकी रहेका ऐतिहासिक विषयहरूलाई समाधान गर्नु बंगलादेश–पाकिस्तान सम्बन्धलाई स्थायी र अग्रगामी बनाउन आवश्यक ठोस आधार हो’, बैठकपछि जारी विज्ञप्तिमा बंगलादेशको विदेश मन्त्रालयले उल्लेख गरेको छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार आफ्ना बंगलादेशी समकक्षीको निमन्त्रणामा अगस्ट २३ देखि २४ सम्म बंगलादेशको दुई दिने आधिकारिक भ्रमणमा थिए। भ्रमणका क्रममा दिउँसो उनले बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग भेट गरेका थिए।

सोही अवसरमा बंगलादेश र पाकिस्तानबीच एउटा द्विपक्षीय सम्झौता तथा पाँचवटा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ। आइतबार दिउँसो ढाकामा भएको हस्ताक्षर समारोहमा बंगलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेन र पाकिस्तानका विदेशमन्त्री इशाक दार उपस्थित थिए।

सम्झौतामा दुवै देशका सरकारी र कूटनीतिक पासपोर्ट वाहकका लागि भिसा छुटको व्यवस्था गरिएको छ। साथै, दुवै देशबीच व्यापारसम्बन्धी संयुक्त कार्य समूहको गठन, सांस्कृतिक आदानप्रदान, विदेश सेवा एकेडेमीबीच सहकार्य, राज्य सञ्चालित समाचार एजेन्सीहरूबीच सहकार्य, बङ्गलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्रेटेजिक स्टडिज र पाकिस्तान इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज इस्लामाबाद बीच सहकार्य गर्ने विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। यसअघि, पाकिस्तानका वाणिज्यमन्त्री जाम कमल खान र बङ्गलादेशका वाणिज्य सल्लाहकार एस.के. बशीर उद्दीनबीच बिहीबार ढाकामा आर्थिक सहयोग, आपसी लगानी प्रवद्र्धन तथा द्विपक्षीय व्यापार सम्बन्ध सुदृढीकरणबारे गहन छलफल भएको थियो।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

११ घण्टा अगाडि
कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक