मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्याब्सनद्वारा ५ बुँदे माग अघि सार्दै प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
प्याब्सनद्वारा ५ बुँदे माग अघि सार्दै प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेकाे छ ।

विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गरेका हुन् ।

‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने लगायत माग उनीहरूले राखेका छन् । उनीहरूले माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जारी बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने तयारी गरिएको छ ।

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा विवाद छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयहरुलाई क्रमश: गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको छ ।

शिक्षामन्त्री रघुजी पन्तले २.५० प्रतिशत विद्यार्थीलाई आवास सुविधा दिनुपर्ने प्रस्ताव गरेका छन् । कतिपय सांसदहरूले १० प्रतिशतलाई आवास सुविधा हुनुपर्ने धारणा राखेका छन् ।

केही सांसदहरूले निश्चित अवधि तोकेर निजी विद्यालयलाई गैरनाफामूलक गुठीमा लैजानुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए । तर समितिले वर्ष नतोकी क्रमश: गैरनाफामुलक बनाउँदै लैजाने भन्नेमा सहमति जुटाएको छ ।

यो पनि पढ्नुहोस्

कामु प्रधानन्यायाधीश सिद्धान्तविपरीत

कामु प्रधानन्यायाधीश सिद्धान्तविपरीत

९ घण्टा अगाडि

सेयर कारोबार रकम सुक्खा

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक