बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओउमाया किएडल काठमाडौं स्पाइकर्समा अनुबन्ध

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ओउमाया किएडल काठमाडौं स्पाइकर्समा अनुबन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ।

काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकर/अपोजिट ओउमायालाई अनुबन्ध गरेको घोषणा गरेको छ ।

काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ ।

एक दशक भन्दा लामो समयको अनुभव रहेको कोडिएलले विशेषगरी मिडल ब्लकरको रुपमा खेल्दै आएकी छिन्। उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन्। स्लाइड अट्याकमा उनको विशेष दख्खल रहेको छ।

मोरोक्कोमा जन्मिएकी कोडिएले इटली गएपछि इटलीबाटै खेल्न थालेकी हुन्। उनले इटली, फ्रान्स, मोरक्को, साउदी अरेबिया लगायत देशमा विभिन्न टिममा रहेर प्रतियोगिताहरु खेलिसकेकी छिन्।

उनले पछिल्लो समयमा साउदी अरेबियाको अल इतिहाड एफसी, मोरोक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्कारा जस्ता टिमबाट व्यावसयिक भलिबल खेलेकी छन् ।

कोडिएलले सन् २०१९ मा मोरोक्को राष्ट्रिय टिमबाट अफ्रिकन गेम्समा कास्य पदक जितेकी थिइन्। यस्तै सन् २०२१ मा किगालीमा भएको अफ्रिकन महिला भलिबल च्याम्पियनसिपमा पनि उनले मोरोक्कोका लागि कांस्य जितेकी थिइन् ।

पहिलो पटक नेपालमा लिग खेल्न आउन लागेकी कोडिएल निकै उत्साहित छिन्। ‘नेपालमा एभरेष्ट महिला भलिबल लिगमा खेल्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो। यो मेरो लागि नेपालमा पहिलो पटक हो, र म देश बारे बुझ्न, फ्यानहरूलाई भेट्न र मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न साँच्चै उत्सुक छु,’ उनले भनिन्।

तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि काठमाडौंको टिममा खेलाडी संख्या ११ पुगेको छ । अब ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्की प्लेअरमा निरन्तरता दिएको काठमाडौंले खेलाडी अक्सनबाट ७ खेलाडी अनुबन्ध गरेको थियो ।

काठमाडौंले अक्सनबाट मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्। कमलाले पहिलो सिजन पनि काठमाडौंबाटै खेलेकी थिइन् ।

लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ ।

काठमाडौं स्पाइकर्स टिम : उषा भण्डारी (मार्की प्लेअर), मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द

मुख्य प्रशिक्षक : लोक बहादुर बुढा

गुडविल एम्बासडर : अदिती बुढाथोकी

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक