काठमाडौं । कीर्तिपुरकाे वडा नं. १ मा रहेकाे आराध्यदेव बाघ भैरव जात्रा सभ्य र भव्यरूपमा सम्पन्न भएको छ ।
कीर्तिपुरबासीले वि.सं।.२०१३ सालदेखि मनाउन सुरूवात गरिएको यस जात्रा विशेष महत्वका साथ मनाइने चलन रहेको छ ।
कीर्तिपुरको मध्य भागमा रहेको बाघभैरवलाई त्यहाँका बासिन्दाले आराध्यदेव मानी पूजाआजा एवम् जात्रा मनाउँदै आएका छन् ।
कीर्तिपुरमा बस्ती बस्दाको समयदेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको हो ।
जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गर्ने गरिन्छ । यस दिन बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा मनले चिताएको पूरा हुने पाप, भय, संकट, कष्ट नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास रहेको छ । बाघ भैरवलाई आइ द्यः, ब्याघ्रेश्वर, धुंम्बा आजु, धुंआजुका नामले समेत सम्बोधन गरिन्छ ।
यो जात्रामा परम्परागत धिमे, खिं बाजा, नाय्खिं बाजा गाजाका साथ भक्तजनको भजन–कीर्तन र लाखे नाचसँगै उत्सव मनाइएको थियो। यस बर्ष कृष्ण भगवान्को जात्रा समेत परेकाले थप रौनाकता बढेको थियो ।
स्थानीया भाषामा बाघ भैरवलाई धुंआजु, धुम्बा आजु, गुन्देय् स्थानाघिपति पनि भनिन्छ । घुं को अर्थ बाघ र आजुको आफ्ना पुर्खा हो । कीर्तिपुर शिवदेव द्धितिय निर्माण गरिएको हाे ।
जात्राकाे तस्बिरहरूः



कीर्तिपुर बाघभैरव प्रांगणमा महिनाकाे एक पटक भक्तिसंगीत कार्यक्रम अायाेजना गर्रदै अाइरहेकाे सुंगम संगीत पुचः द्वारा बाघभैरव जात्रामा भक्तिसंगीत कार्यक्रम अायाेजना गरेकाे तस्बिर


