बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ऐतिहासिक नृसिंह जात्रा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ ।

हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती कायम भइरहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ ।

ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा संचालन गर्ने गर्दछ । यसपाली गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले सञ्चालन गरेको हो । विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलार्इ बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर सहर परिक्रमा गराइन्छ। नृसिंहतिर फर्केर हातमा धुप लिएर प्रणाम गर्दै प्रल्हादको जस्तो उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ।

नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा ६ जोडी कन्याहरुको पनि सहभागीता रहने गर्दछ । जात्रामा पालोवालाको पुरोहित, ज्वाइँ अथवा भाञ्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात सापारु रुटमा परिक्रमा गराउने प्रचलन रहेको छ । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहंको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ ।

जात्राको परिक्रमा हुने विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको ठाउँ–ठाउँमा विसर्जन गरी पूजा पाठ गर्नुका साथै बालबालिकाहरूलार्इ ढोगाउने चलन रहेको छ । ललितपुरमा कार्तिक नाचको एक र अर्को उपालकं सायाःका गरी दुर्इ नृसिंहका रूप रहेका छन् । कार्तिक नाचका नृसिंहलाई उग्र रूपमा लिइन्छ भने उपालकं सायाःका नृसिंहलाई शान्त स्वभावका नृसिंहको रूपमा लिने गरिन्छ । नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा सञ्चालन भइरहेको लिखित दस्ताबेज छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

१२ सेकेन्ड अगाडि
देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक