बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् ।

सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् ।

छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् ।रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् र धेरै ढिलो हुनुभन्दा पहिले बच्चाहरूको रक्षा गर्नुहोस् । आमाको रूपमा, म उनीहरूको पीडा हेर्न सक्दिनँ,’ म्याडोनाले लेखेकी छन् ।

‘संसारका बच्चाहरू सबैका हुन् । तपाईं हामीमध्ये एकमात्र हुनुहुन्छ, जसलाई प्रवेशबाट वञ्चित गर्न सकिँदैन,’ उनले लेखेकी छन्, ‘हामीलाई यी निर्दोष बच्चाहरूलाई बचाउन मानवीय ढोकाहरू पूर्ण रूपमा खोल्न आवश्यक छ । अब समय छैन । कृपया भन्नुस् न तपाईं जानुहुनेछ ।

जारी युद्धमा आफूले कसैको पनि पक्ष नलिएको पनि म्याडोनाले उल्लेख गरेकी छन् । ‘म औंला उठाइरहेको छैन, दोषारोपण गरिरहेको छैन वा कसैको पक्ष लिइरहेको छैन । बन्धक बनाइएकाहरूका आमाहरूसहित सबैजना पीडामा छन्,’ उनले भनेकी छन्, ‘म प्रार्थना गर्छु कि उनीहरूलाई पनि रिहा गरियोस् । म यी बालबालिकाहरूलाई भोकमरीले मर्नबाट जोगाउन सक्दो प्रयास गरिरहेको छु ।’

पोपले हालै मात्र गाजामा तत्काल युद्धविरामका लागि आग्रह गर्दै अन्तर्राष्ट्रिय समुदायलाई मानवीय कानुन र नागरिकहरूको सुरक्षा गर्ने दायित्वको सम्मान गर्न आग्रह गरेका छन् । ‘म फेरि एक पटक यो बर्बर युद्धको अन्त्य गर्दै द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दछु,’ पोपले भनेका थिए ।

सहायताकर्मी र डाक्टरहरूका अनुसार गाजामा इजरायलले महिनौंदेखि लगाएको नाकाबन्दी र अस्तव्यस्त आपूर्ति वितरणका कारण गाजामा पहिले कुनै स्वास्थ्य समस्या नभएका बालबालिका समेत कुपोषणबाट मर्न थालेका छन् ।

७ अक्टोबर, २०२३ मा प्यालेस्टिनी लडाकु समूहमाथि आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजा क्षेत्रमा लगातार आक्रमण गर्दै आएका छन् । इजरायली हमलाका कारण २० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भइसकेका छन् । र, गाजामै रहेकाहरूले चरम खाद्य संकट व्यहोर्नुपरेको छ । संयुक्त राष्ट्रसंघले गत मे महिनामा गाजामा ५ हजारभन्दा बढी बालबालिका कुपोषणको सिकार भएको जनाएको थियो । तर, इजरायलले भने खाद्य संकट र कुपोषणलाई अस्वीकार गर्दै आएको छ । गाजामा पर्याप्त खाद्यवस्तुको आपूर्ति भइरहेको र हमासले राहत सामग्री चोरेर र राहत वितरण नियन्त्रण गर्ने प्रयास गरेका कारण अभाव सिर्जना भएको इजरायलको दाबी छ ।

यो पनि पढ्नुहोस्

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

३४ मिनेट अगाडि
सवारीसाधन हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न तालिम

१४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक