पशुपतिनगर । इलाम रोङ गाउँपालिका ४ मानाबुङ का ६० वर्षीय बिर बहादुर राईको पहिरोले पुरिएर मृत्यु भएको छ । बुधबार दिउँसो घरबाट तीनसय मिटर टाढा बाटोमा पैदल हिँडिरहेको अवस्थामा लेदोसहितको पहिरो खसेर पुरिँदा राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक मान बहादुर राईका अनुसार राईलाई पहिरोले पुरेको खबर गरेपछि घटना स्थलमा पहरी पुगेको थियो । लेदो सहितको पहिरोले पुरिएर राईको घटनास्थलमै मृत्यु भएको हो ।
इलामका दर्जनौ सडक पहिरो झरेर अवरुद्द भएका छन् । रातिदेखिको वर्षाका कारण विभिन्न ठाउँमा क्षती भएको छ ।


