काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।
बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, केन्द्रीय विभागको प्रगति प्रतिवेदन, संसदीय दलको रुपन्देही बैठक, रुपन्देही उपनिर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुँदैछ । यो बैठकमा केन्द्रीय सदस्यहरूले रिपोर्टिङसमेत गर्नेभएका छन् ।
बैठकमा पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदैछ ।


