आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सन् २०२६ विश्वकपमा क्रोएसियाको नेतृत्व गर्ने मोड्रिचकाे इच्छा

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
सन् २०२६ विश्वकपमा क्रोएसियाको नेतृत्व गर्ने मोड्रिचकाे इच्छा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । क्रोएसियाली स्टार लुका मोड्रिचले सन् २०२६ मा हुने फिफा विश्वकपमा क्रोएसियाको नेतृत्व गर्न चाहेको जनाएका छन् ।

रियल मड्रिडबाट इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका ३९ वर्षीय मिडफिल्डर मोड्रिचले अर्को वर्ष हुने फिफा विश्वकप फुटबलमा क्रोएसियाको नेतृत्व गर्न चाहेको बताएका हुन् । त्यसका लागि आफू एसी मिलानमा अनुबन्ध भएको पनि उनले जनाए ।

एसी मिलानसँग मोड्रिचको सम्झौता एक सिजनका लागि छ । तर, सम्झौतामा थप एक वर्ष विस्तान गर्ने विकल्प पनि छ । एसी मिलानले खेलाडीका रूपमा परिचय गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा मोड्रिचले इटालियन क्लबलाई आफ्नो पूर्वक्लब रियल मड्रिडसँग तुलना गरे र आफ्ना आगामी लक्ष्यहरू खुलासा गरेका छन् ।

रियल मड्रिड र मिलानबीचको भिन्नताबारे मोड्रिचले भनेका छन्, ‘निश्चित रूपमा मिलान रियल मड्रिडको स्तरमा छ । जब म यहाँ पहिलोपटक आएँ, मैले तुरुन्तै यो कति ठूलो क्लब हो भनेर देखेँ । सबै कुरा उच्च गुणस्तरको छ – संगठन, मानिसहरू, प्रशंसकहरू र रंगशाला । तपाईं क्लबको महानता महसुस गर्न सक्नुहुन्छ । मिलानसँग सात युरोपेली उपाधिहरू छन् र यो रियल मड्रिडपछि दोस्रो सर्वाधिक सम्मानित टोली हो र यसले धेरै कुरा बोल्छ ।’

मोड्रिचले मिलान पनि पहिले रियल मड्रिड जस्तै क्लब भएको बताए । ‘मैले विश्वको सबैभन्दा ठूलो क्लबमा १३ वर्ष बिताएँ र अब म त्यस्तो क्लबमा आएको छु, जो पहिले रियल मड्रिड जस्तै थियो । तर, हाल त्यो  स्तर एसी मिलानले गुमाएको छ । मिलानलाई पहिलेकै अवस्थामा फर्काउन आवश्यक छ र यो सिजनमा  त्यसका लागि म आफ्नो अधिकतम प्रयास गर्नेछु,’ मोड्रिचले भने ।

मोड्रिचले क्लबको प्रशिक्षणमा सहभागी हुन आफू उत्साहित भएको बताए । ‘म प्रशिक्षणमा सामेल हुन र सबैलाई चिन्न उत्साहित छु,’ उनले भने ।

यो पनि पढ्नुहोस्

काँक्रेबिहारमाथि जावलाखेलकाे सानदार जित

काँक्रेबिहारमाथि जावलाखेलकाे सानदार जित

२ घण्टा अगाडि
दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यास अभाव समाधान गर्न निर्देशन

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

एमालेबाट १६ सांसदको नाम टुंगो

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक