मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

तनहुँ हाइड्रोपावरले बाढीको पूर्वसूचना दिने स्वचालित प्रविधि जोड्यो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 2 mins read
0
तनहुँ हाइड्रोपावरले बाढीको पूर्वसूचना दिने स्वचालित प्रविधि जोड्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । २०८१ असार २२ गते अविरल वर्षासँगै सेती नदीमा भीषण बाढी आयो । तनहुँ जिल्लाको दमौली नजिक निर्माणाधीन १४० मेगावाट क्षमताको जलासययुक्त तनहुँ हाइड्रोपावर आयोजनाको मुख्य बाँधस्थलमा धमाधम काम भइरहेको थियो । तर भौगोलिक कठिनाइको कारण मुख्य बाँध निर्माणका लागि प्रयोग गरिएको अस्थायी बाँधमा बाढीको सतह कति छ भनेर हेर्न सक्ने अवस्था थिएन । जसले गर्दा निर्माण क्षेत्रमा रहेका कामदारहरु बाढीको अवस्थाबारे अन्योलग्रस्त देखिन्थे।

तर यो वर्ष भने तनहुँ हाइड्रोपावर निर्माण क्षेत्रको अवस्था बदलिएको छ । आयोजनाले मनसुन सुरु हुनुअघि नै बाढी पूर्वसूचना प्रणाली जडान गरिसकेको छ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक छबिलाल गैरेका अनुसार अस्थायी बाँधको माथिल्लो क्षेत्रमा बाढी नाप्ने उपकरण जडान गरिएको छ, जसबाट प्राप्त डेटा करिब ४ किलोमिटर तल रहेको साइट अफिसमा वास्तविक समयमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

बाढी मापनसेन्सर, वायरलेस डिभाइस र साइरन राखेको क्षेत्र गुगल नक्सामा

यस स्वचालित प्रविधिबाट प्रत्येक सेकेन्डको बाढीको अवस्था थाहा पाउन सकिन्छ । नेपालमा यस्तो प्रविधिको सफल प्रयोग पहिलोपटक भएको हो । गैरेका अनुसार, बाढीको सम्भावित जोखिमबारे समयमै जानकारी पाइने भएकाले यसबाट निर्माणाधीन साइटमा हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सकिनेछ ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार अस्थायी बाँध रहेको क्षेत्र भौगोलिक रूपमा कठिन भूभागमा पर्छ, विशेषत: रातिको समयमा त्यहाँ पुगेर बाढीको जानकारी लिन असम्भवजस्तै हुन्छ । यस्तो अवस्थामा साइट अफिसमै बसेर जुनसुकै समयमा बाढीको अवस्था बुझ्न सकिनु जोखिम न्यूनीकरणको प्रभावकारी उपाय भएको उनले बताए ।

बाढी पूर्वसूचना प्रणालीमा प्रयोग भएको वायरलेस डिभाइस

भारी वर्षा र प्रतिकूल मौसममा मोबाइल सञ्जाल भरपर्दो नहुने भएकाले वायरलेस प्रविधि प्रयोग गरिएको छ ।

यस प्रविधिको डिजाइन तथा कार्यान्वयन इनोभेटिभ इन्जिनियरिङ्ग सर्भिसेज प्रा.लि.ले गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक तथा प्राविधिक प्रमुख अनुप खनालका अनुसार प्रणालीले वास्तविक बाढीको अवस्था जानकारी गराउने अलावा, जलस्तरको निश्चित सीमा पार गरेपछि स्वचालित रूपमा साइरन बजाउने र सरोकारवालालाई एसएमएस पठाएर अलर्ट बनाउने काम गर्दछ ।

खनालका अनुसार यस्तो स्वचालित प्रविधि निर्माणाधीन र सञ्चालनमा रहेका अन्य जलविद्युत् आयोजनाका लागि समेत अत्यन्त उपयोगी बन्न सक्छ । साथै यसको सफल प्रयोगले नेपालमा भइरहेको विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास छ।

बाढीको वास्तविक समयको जानकारी हेर्न र पूर्वसूचना दिन डिजाइन गरिएको सफ्टवेयर

यो पनि पढ्नुहोस्

जेनजीका वास्तविक माग सम्बोधन भएकै छैन

जेनजीका वास्तविक माग सम्बोधन भएकै छैन

५६ मिनेट अगाडि
रास्वपाले पार्टीको तर्फबाट कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय

रास्वपाले पार्टीको तर्फबाट कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक