बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘उज्यालो नेपाल’ अभियानमा साथ दिन  कुलमानले गरे आह्वान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘उज्यालो नेपाल’ अभियानमा साथ दिन  कुलमानले गरे आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणका  पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफुले थालेको ‘उज्यालो नेपाल’ अभियानमा जोडिन युवाहरूलाई आह्वान गरेका छन्।

काठमाडौंमा बिहीबार  राष्ट्रिय युवा संसदद्वारा आयोजित घोषणा सभा तथा शपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन्।

बहराइनबाट सुरु भएको ‘उज्यालो नेपाल अभियान’लाई अघि बढाउँदै घिसिङले राजधानीमा आयोजित एक विशेष कार्यक्रममार्फत युवाहरूलाई समृद्ध नेपाल निर्माणको साझा यात्रामा जोडिन अनुरोध गरे। कार्यक्रममा उनले  आफ्नो जीवन अनुभव, ऊर्जा क्षेत्रमा गरेका काम, र देशभित्र तथा विदेशमा रहेका नेपालीहरूको भूमिकालाई जोडेर समृद्धिको नयाँ दृष्टिकोण प्रस्तुत गरे।

‘देश बनाउनु पर्छ, अबको पुस्ताले समृद्ध नेपाल निर्माण गर्न नेतृत्व लिनुपर्छ।   देश बनाउन सकिन्छ, हामीबाट नै सुरु हुनुपर्छ।  नेपालमा केही हुँदैन भन्ने निराशावादी भाष्य अब तोड्नुपर्छ,’ घिसिङले भने, “देश बनाउने नेतृत्व युवाहरू आफैंले लिनुपर्छ।” उनले युवालाई आत्मविश्वासी र जिम्मेवार बन्न प्रेरणा दिँदै नेतृत्वको मूल मन्त्र ‘लिसन, लर्न एण्ड लिड’ (सुन, सिक र नेतृत्व गर) मा जोड दिए।

उनले भने, ‘अरूलाई नेतृत्व गर्नु अघि आफैलाई नेतृत्व गर्न सक्ने बन्नु पर्छ। देश बदल्न चाहनेहरूले आफै बदलिनु जरुरी छ। नेतृत्वले नै सम्पूर्ण प्रणाली र संस्थाहरूको दिशा परिवर्तन गर्न सक्छ।’

गत चैत्र महिनामा कार्यकाल सकिन चार महिना मात्रै बाँकी रहंदा सरकारद्वारा बर्खास्त गरिएका  घिसिङले अब आफु कुनै राजनीतिक नियुक्ति लिन इच्छुक नभएको बताए।

देशमा राजनीतिक परिवर्तन धेरै भए पनि अपेक्षित विकास नेतृत्व अभाव रहेको उनले बताए। ‘राजनीतिक नेतृत्व सफल भए पनि विकास नेतृत्वमा भने ध्यान दिन सकिएन,’ उनले भने, ‘विकासको नेतृत्व गर्न व्यवस्थापन र कार्यान्वयनको ज्ञान अत्यन्त जरुरी हुन्छ।’

“राजनीतिक नेतृत्वले मात्र पुग्दैन, समृद्धिको रोडम्याप र त्यसको कार्यान्वयन गर्ने क्षमता पनि चाहिन्छ,” घिसिङले भने।

घिसिङले हालै खाडी मुलुकहरूमा गरेका भ्रमण अनुभव बाँड्दै १५ लाखभन्दा बढी नेपाली युवा विदेशमा रहेको र उनीहरूको श्रमबाट नै देशको अर्थतन्त्र चलेको स्मरण गराए। “जीडीपीको एक चौथाई हिस्सा रेमिटेन्सबाट आउँछ, तर ती श्रमिकको श्रमको सम्मान भएन,” उनले गुनासो गरे।

“विदेशमा सिप, अनुभव र ज्ञान हासिल गरेका नेपालीहरूले देशमै फर्केर योगदान दिन चाहन्छन्, तर त्यसका लागि वातावरण बनाउनुपर्ने दायित्व अहिलेको पुस्ताले लिनुपर्छ,” उनले बताए।

‘विद्युतको उज्यालो मात्रै पुग्दैन’

नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका बेला आफुले गरेको सुधारको चर्चा गर्दै घिसिङले भने, “लोडसेडिङ अन्त्य गरियो, बत्ती गाउँ–गाउँमा पुर्‍यायौं, घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्यायौं, तर विद्युतको उज्यालो मात्रै देशको समृद्धिको लागि पर्याप्त रहेनछ ।”

उनले थपे, “देशका अरू थुप्रै क्षेत्रमा अझै अँध्यारो छ, ती अँध्यारोलाई हटाएर मात्र समृद्धिको उज्यालो सम्भव छ।”

घिसिङले ‘उज्यालो नेपाल’ अभियानलाई निराशालाई आशामा बदल्ने अभियानको रूपमा परिभाषित गरे। “यो अभियान देशको समृद्धि, विकास, सुशासन, रोजगारी सृजना र आत्मनिर्भरता निर्माणको साझा सपना हो,” उनले भने, “देशमै गर्न सकिन्छ भन्ने विश्वास बोकेर अब अघि बढ्नु पर्दछ ।”

उनले राजनीतिक नेतृत्व, स्थानीय तह, विकासका सबै क्षेत्र र जनताको सोचमा उज्यालो ल्याउनु ‘उज्यालो नेपाल’ अभियानको सार रहेको बताए । “यो अभियान राजनीतिक मात्रै होइन, सामाजिक परिवर्तनको अभियान हो,” उनले भने।

युवापुस्तालाई नेतृत्वको जिम्मेवारी

कार्यक्रममा उपस्थित १६५ जना ‘युवा सांसद’ लाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपालको सपना पूरा गर्न युवाहरूले नेतृत्व लिनुपर्ने दोहोर्‍याए। “तपाईंहरू युवा सांसदजस्तै अभ्यास गर्दै हुनुहुन्छ, अब रोडम्याप बनाएर अघि बढ्नुपर्छ,” उनले भने।

उनले देशमा भएका परिवर्तन र सम्भावनाहरूको चर्चा गर्दै भने, “हामीसँग स्रोत र साधन छन्, तर त्यसलाई व्यवस्थापन गर्ने लिडरशिपको खाँचो छ। त्यो नेतृत्व तपाईंहरूबाट नै सुरु हुन्छ।”

घिसिङले देशमा केही परिवर्तन गर्ने आँट गरेका स्वतन्त्र उम्मेदवार, पेशेवर र सामाजिक अगुवाहरूको पनि चर्चा गर्दै भने, “देशमा केही गर्छु भन्ने सोच राख्नेहरूप्रति सम्मान नहुने अवस्था चिन्ताजनक छ।”

उनले वर्तमान अवस्थालाई निराशा होइन, परिवर्तनको सम्भावनाको रुपमा लिनुपर्ने उल्लेख गर्दै सबै क्षेत्रबाट सहकार्य गर्दै अगाडि बढ्न आह्वान गरे ।

यो पनि पढ्नुहोस्

बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

४४ मिनेट अगाडि
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

बाढी प्रभावित लक्षित दुई दिनको भ्वाइस कल निःशुल्क

१ घण्टा अगाडि

“म अब कुनै पदमा जान चाहन्न,” उनले भने, “बाँकी जीवन देशकै सेवामा, तपाईंहरूसँगै ‘उज्यालो नेपाल’ बनाउने अभियानमा समर्पित गर्ने प्रतिबद्धता गर्छु।”

कार्यक्रमलाई क्याप्टेन विजय लामा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा लगायतका वक्ताले पनि सम्बोधन गरेका थिए।

अमेरिका तथा युरोपको भ्रमण

यसै बीच यसै सप्ताहान्त घिसिङ विभिन्न कार्यक्रम तथा अन्तरक्रियामा सहभागी हुन अमेरिका आउन लागेका छन्।  उनी र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई २७ जुलाईमा न्यू योर्कमा ‘ ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित गर्न लागेको छ।  त्यस पछि उनले टेक्सास, डीसी लगायतको भ्रमण गर्ने बताइएको छ।

उनले अगष्ट महिनामा बेलायत तथा विभिन्न युरोपेली देशहरुको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक