बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन संविधानले नछेक्ने

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन संविधानले नछेक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन संविधानले नछेक्ने जनाएका छन् । संविधानले नरोक्ने भएकाले उनलाई राजनीतिले पनि रोक्न नमिल्ने उनको तर्क छ ।

फेसबुकमा स्टाटस राख्दै कार्कीले लेखेका छन्, ‘पूर्व राष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन । त्यसैले संविधानले रोक्दैन । राजनीतिले रोक्न मिल्छ ?!’

उनले हालका राष्ट्रपति रामचन्द्र पौडेल सभामुखबाट फर्केपछि कांग्रेसको राजनीतिमा सामेल भएको, सुवास नेम्बाङ पनि सभामुखबाट फर्केपछि एमालेमा सामेल भएको, बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री भएको, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा उपाध्यक्ष भएको उदाहरण दिँदै व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राजनीतिको मजेरी टेक्नु हुन्न !!’

नेकपा एमालेको साउन गते सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन प्रतिबन्ध लगाएको थियो । यो निर्णयमा एमालेले संविधानका धारा उपधाराहरु उद्धृत गर्दै लेखेको छ, ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन…।’

यदि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आए ‘जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर’ केन्द्रीय कमिटीले गरेको छ ।

एमालेले संविधानका धारा–उपधाराहरु उल्लेख गर्दै पूर्वराष्ट्रपति राजनीतिमा आउन नमिल्ने तर्क गरे पनि विद्या निकट नेताहरु भने राजनीतिमा आउनबाट रोक्नु संवैधानिक अधिकारकैविरुद्ध भएको बताउँछन् । त्यसैले केही नेताहरु यसविरुद्ध कानुनी रुपमा समेत प्रतिवाद गर्नुपर्ने पक्षमा छन् । यसै सन्दर्भमा कार्कीले आफ्ना धारणा सार्वजनिक गर्दै विद्यालाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका हुन् ।

चीनका लागि नेपालका पूर्वराजदूत समेत रहेका कार्कीले आफ्नै पार्टी एमालेलाई व्यंग्य गर्दै भनेका छन्, ‘हामी बडो लोकतान्त्रिक छौं । हामी राजनीति गर्छौं ।’

यो पनि पढ्नुहोस्

कांग्रेसले पूर्वसभामुख ढुंगानाको शोकमा झण्डा आधा झुकाउने निर्णय

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति भाेलि बैठक बस्दै

२ दिन अगाडि
कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक