बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हिमालयन बैंकको एफपीओ भरेकामध्ये करिब आधा संख्याले पाउने

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
समता घरेलु लघुवित्तले थप एफपीओ अनुमति पायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हिमालयन बैंकको एफपीओ भरेकामध्ये करिब आधा संख्याले पाउने भएका छन् । बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुनेछ । जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् । यीमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाउने छन् ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आइतबार साँझ ५ बजेसम्म एफपीओ १७ लाख ८६ हजार ७८२ आवेदकले भरेका छन् । एफपीओमा आवेदन बन्द भइसकेको छ ।

सीआस्बा सदस्य बैंकबाट भरेका केही आवेदन थप हुने भएकाले यो संख्या केही बढ्न जानेछ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार आवेदकबाट कुल ४ करोड ९ लाख ६६ हजार ५ सय कित्ता माग भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

हाल सर्वसाधारण समूहमा यस बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । यहीं हिस्सा बढाउन बैंकले एफपीओ निष्कासन गरेको हो । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको छ ।

एफपीओका लागि गराएको रेटिङमा केयर रेटिङ बीबीबी प्रदान गरेको छ । आइतबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ छ । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।

आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ । बैंक ७ अर्ब ३६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

यो पनि पढ्नुहोस्

नेपालमा स्मार्टफोनको आयातमा वृद्धि

नेपालमा स्मार्टफोनको आयातमा वृद्धि

१ हप्ता अगाडि
सामसंगकाे नयाँ माेबाइलहरु सार्वजनिक

सामसंगकाे नयाँ माेबाइलहरु सार्वजनिक

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक