सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मृतकको शव दफन गर्न नदिएकोप्रति नेसंसपाको तीव्र आपत्ति

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
मृतकको शव दफन गर्न नदिएकोप्रति नेसंसपाको तीव्र आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । ईसाई धर्मावलम्बी भएकै कारण दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–८ मा एक मृतकको शव सामुदायिक वनमा दफन गर्न नदिइ जबरजस्ती फर्काइएको घटना सार्वजनिक भएपछि नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुख, आक्रोश र आपत्ति जनाएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीद्वारा जारी प्रेस विज्ञप्तिमा यो घटनालाई अत्यन्त अमानवीय, धर्मनिरपेक्ष नेपालको संविधान र मानव अधिकारको आत्मासँग खेलवाड गरिएको भन्दै कडा शब्दमा भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कसैको मृत्यु आफैंमा गहिरो पीडा हो। त्यसमा पनि धर्मकै कारण अन्त्येष्टि गर्न नदिइनु, परिवारलाई चिहानस्थलबाट फर्किन बाध्य पारिनु — यो केवल संवेदनहीनता होइन, यो पाशविकता हो।”
पार्टीका अनुसार, यस प्रकारको व्यवहारले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धर्मनिरपेक्ष मुलुकको मर्म र आत्मा माथि चोट पु¥याएको छ । मृतकको धर्म, संस्कार र विश्वासअनुसार अन्त्येष्टि गर्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो। तर यो घटनाले त्यस अधिकारमाथि नै निर्दयी प्रहार गरेको छ।
नेपाल संघीय समाजवादी पार्टीले सो घटनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लाजमर्दो कालो धब्बा भन्दै दोषीलाई तुरुन्त पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ ।
“समाजमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सम्मान कायम गर्न चाहने हामी सबैले यो घटनाप्रति एकबद्धरूपमा आवाज उठाउनु आवश्यक छ। मृतकको आत्मालाई सम्मान दिन सकिएन भने हाम्रो मानवता नै खतरामा पर्छ।” विज्ञप्तिमा भनिएको छ ।
नेपाल संघीय समाजवादी पार्टीले सो पीडादायी घटनाले सम्पूर्ण ईसाई समुदायलाई अपमानित गरेको उल्लेख गर्दै, यस प्रकारको विभेद अन्त्य गर्न स्थायी कदम चाल्न सरकारसँग जोडदार माग गरेको छ ।
पार्टीले शोकमा डुबेका पीडित परिवारप्रति गहिरो सम्वेदना प्रकट गर्दै र दिवंगत आत्माको चिर शान्ति कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

यो पनि पढ्नुहोस्

स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

८ घण्टा अगाडि
सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक