काठमाडौं । एसियाकै पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा सहभागी हुन नेपालबाट त्रिभुवन आर्मी क्लब भारत प्रस्थान गरेको छ।
भारतीय सेनाको आयोजनामा जुलाई २३ देखि अगष्ट २३ सम्म (साउन ७ गतेदेखि भदौ ७ गतेसम्म) सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लब शनिबार भारततर्फ प्रस्थान गरेको हो।
डुरान्ड कप १३४औँ संकरण हो। यस प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले जङ्गी अड्डामा एक कार्यक्रमकाबीच बिदाइ गरेका थिए।
एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा भारतका ‘ए’ लेवलका फुटवल क्लब र इन्डियन आर्मी एफटीसँग प्रतिष्पर्धा गर्नेछ।


