शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

भानुभक्तको साहित्य सेवालाई कसरी हेर्नु पर्ला आज ?

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी

उतिबेला अर्थात् आजभन्दा १८५/९० बर्ष अगाडि नेपाली भाषाको साहित्यिक तथा सामाजिक हिसाबले पनि बिकास नै भएको थिएन। झन यस भाषाको प्रतिष्ठाको त कुनै कुरै थिएन। यो भाषा केवल बोलीचालीमा मात्र सीमित थियो। वास्तवमा नेपाली भाषालाई त्यतिबेलाका संस्कृतका बिद्वान र प्रतिष्ठित मानिएका समाजका अगुवाहरु हेय भावले हेर्दथे र नेपालीमा लेखपढ गर्ने कुरालाई गवाँरले गर्ने पिछडिएको कुरा मान्थे। यो कुरा भानुभक्तले राम्ररी बुझेका थिए। उनी आफै पनि सँस्कृत पढेका मानिस थिए। तर उनको साहित्यिक यात्रा भने हेपिएको र हियाइएको भाषालाई उठाउने हिसावले आरम्भ भएको देखिन्छ। यसर्थ, भानुभक्तले त्यो बेलाको राणाकालीन समाजमा जे गरे जति गरे त्यो स्तुत्य मननीय र ग्रहणीय छ। भाषिक र साहित्यिक विकासको हिसावले उनले दिएको योगदानलाई कुनै किसिमले अबमूल्यन गर्नु उचित हुँदैन। निश्चय नै समाज विकासको त्यस चरणमा उनले त्यो भन्दा बढी गर्न सक्थे र गर्नु पर्दथ्यो भनेर आजको आँखाले हेर्नु दृष्टिदोष मात्रै ठहरिएला कि ! गलत किसिमले गरिएका आलोचना र प्रत्यालोचनाले गलत परिणाम नै निस्कन्छ। त्यो अरु क्षेत्रमा जस्तै साहित्यको क्षेत्रमा पनि उत्तिकै सत्य हो।

धर्म–कर्म, पाठ–पूजा, भजन–कीर्तन तथा अन्धविश्वास र रुडिबुढीमा अर्थात एक किसिमको भ्रमपूर्ण साँस्कृतिक र सामाजिक चाकडी प्रथाको बोलवाला रहेको र तिनकैप्रति बढी सम्मान र श्रद्धा गरिने त्यस जमानामा भानुभक्तका साहित्यिक कार्य र कृतिहरु प्रचलित परम्पराभन्दा फरक ढङ्गले आउन शुरु गरेको हामी देख्न सक्छौ। सँस्कृत भाषामा रहेको तुलसीकृत रामायणलाई नेपाली भाषामा साहित्यिक रस माधुर्य भरेर पस्किने क्रममा उनको कथ्य संयोजनभन्दा पनि उद्देश्यको कुरा गर्ने हो भने आरम्भ नै ‘लोकको गरुँ हित भनी’ भन्ने कुराबाट अनुप्राणित भएको देखिन्छ। यो लोकहितको भावना आजको समाजको परिधिबाट हेर्दा खासै त्यति ठूलो कुरा नलाग्न सक्छ। तर त्यतिबेलाको बन्द घोर सामन्ती समाजमा सत्ताभन्दा बाहिरकाले ‘लोकहित’को कुरा गर्नु पनि जोखिमबाट मुक्त थिएन। तर रामायणको कथ्यले अर्थात् ‘पिताको आज्ञा अन्यायपूर्ण र गलत नै भए पनि पालना गर्ने रामजस्तो दाजु’ ‘दाजुको रोल क्रम नमिचेर खराउ (अर्थात् पादुका) लाई सिंहासनमा राखेर दाजुको सिंहासन सुरक्षित राख्ने भरतजस्तो भाइ’ पत्नीको पबित्रतालाई कायम राख्ने ‘सीता जस्ती पतिब्रता पत्नी’ आदि कुराले ‘सत्ताका लागि सधै परस्पर काटाकाट मारामार गरिरहेका राणाको पारिवारिक शासनलाई बचाउ र स्थिरता प्रदान गर्ने ऊर्जा दिन्थ्यो र नै भानुभक्तकृत नेपाली भाषाको रामायणलाई राणाहरुले नेपाली समाजमा फैलिन दिएका थिए। नत्र शिक्षादीक्षाबाट नेपाली समाजलाई परै अलग्ग र बन्द राख्ने राणा शासनले भानुभक्तको रामायणलाई गाउँघरसम्म पु¥याउन दिने नै थिएन। यो त्यसबेलाको बस्तुगत यथार्थ कुरा हो।

अर्को कुरा भानुभक्त आचार्यले तत्कालीन प्रचलित साहित्यिक यथास्थितिवादी र चाकडीबादी मूल्य मान्यतालाई पनि तिलाञ्जली दिएर साहित्यिक पात्रहरु उच्च कुलका, दरबारिया, खान्दानी र भाइभारदारकै प्रतिनिधित्व गर्ने मानिसहरु हुनुपर्ने र उनीहरुलाई ‘धीरोदत्त’ मानिने गरेको बेलामा उनले घाँस काटेर जीविकोपाजर्न गर्ने गरिब घर परिवारको घाँसीलाई खोजे र रोजे। वास्तवमा उनको साहित्यिक यात्राको शुरु नै ‘घाँसी’बाट भएको छ। यसो गर्नु त्यति बेलाको समाजमा एउटा बिद्रोह नै थियो। त्यसलाई साहित्यकारहरु सन्काहा या अर्धपागल हुन्छन् यस्तै हो भनेर चित्त बुझाउने हिसावले मात्र स्वीकार्न सकिने स्थिति हो त्यतिबेलाको। त्यस्तो बेलामा भानुभक्तले घाँसीलाई प्रतीक बनाएर जुन कविता लेखे ‘घाँस काट्ने काममा दत्तचित्त भएर त्यसैमा लागेर जुन सानोतिनो धनार्जन ग¥यो त्यसमध्ये पनि केही बचाएर सार्वजनिक हितका लागि पानी खाने कुवा खनाएको जुन कथ्य छ भानुभक्तीय साहित्यारम्भमा आज पनि त्यसको कम ठूलो महत्व छैन। यसरी समाजका सत्ताका ठूलाबडाको चाकडीमा लेखिने साहित्यको साटो ‘घाँसी’ लाई साहित्य लेखनको प्रस्थान बिन्दू बनाइनु अपूर्व र नयाँ मोडको कुरा पनि हो।

भानुले घाँसीलाई प्रतीक बनाएर उसको श्रम, लगनशीलता र सार्बजनिक हितलाई मुख्य आधार बनाउँदै जुन कविता लेखे त्यसबेलाका जनबोलीमा मात्र सीमित रहेको नेपाली भाषामा त्यस कविताका शब्द चयन र बिन्यास पनि चटक्क मिलेका, मन छुने र नयाँ कुराको उद्बोधन गराउने खालका छन्। तिनलाई अहिले पनि हेरौं ः

 

‘भरजन्म घाँसतिर मन दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भइकन आज यस्तो ।

मेरा इनार न त सत्तल पाटी क्यै छन्

जे धन र चीजहरु छन् घरभित्र नै छन्

त्यस घाँसीले कसरी आज दिएछ अर्ति

धिक्कार हो मकन बस्नु नराखी कीर्ति’ ।

भनेर भानुले कीर्ति राख्न जीवनको सदुपयोग गरिनुपर्दछ भन्ने ज्ञान गंगाले आफूलाई सिञ्चित गरेका छन् यो आरभ्मिक कवितामार्फत अनि अपरोक्षरुपमा भानुले जस्तै अरुले पनि यस्तै सार्वजनहिताय परोपकारको बाटो अबलम्बन गर्नुपर्दछ भन्ने संकेत गरेका छन्।

 

उनी कुमारी चोकमा जेलको सजाय पाएर थुनिदा कारबासका कुरालाई पनि कविता मार्फत जसरी प्रस्तुत गरेका छन् त्यसले एकातिर उनको प्रतिभाको कलम कम तिखारिएको थिएन भन्ने प्रष्ट हुन्छ भने अर्कोतिर नेपालरुपी जेलमा नेपाली जनताको रगत र पसिना चुस्ने लामखुट्टे, उडुस र उपियाँहरुको बिगबिगी छ भन्ने कुरा पनि बिम्बात्मकरुपमा झल्काइएको छ।

‘लामखुट्टे उपियाँ उडुस यी सँगी छन् यिनकै लहडमा बसी,

लामखुट्टेहरु गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी’

प्रतिकात्मकरुपमा नेपाली जनता चुसिएको र केही गर्न नसकेर रमिता हेर्दै बसेको उकुसमुकुस उनको यो कवितामा पोखिएको पनि सहजै बुझ्न सकिन्छ। त्यो बिम्बको प्रयोग गर्ने बन्द समाजकै जमाना थियो। कविशिरोमणि लेखनाथले भानुभक्तभन्दा धेरै पछि कविता लेख्दा पनि नेपाली जनतालाई राणा शासकहरुले ‘पिजडाको सुगा’ बनाएको कुरालाई कविता मार्फत प्रस्तुत गरेबाट पनि यो कुरा प्रष्ट हुन्छ।

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

२ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

भानुभक्तले भाषा र साहित्यको क्षेत्रमा लाग्दा जुन भुक्तमान देखे ब्यहोरे त्यस क्रममा उनले उत्पन्न गरिएका विकृति र बिसंगतिहरुमाथि प्रहार गर्न र ब्यंग्यबाण छोड्न पनि बिर्सेनन्। खासगरी प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारको बारेमा उनले–

‘की ता सक्तिन भन्नु कि त बरु गरिदिनु बस्तछन् क्यै नबोली

‘भोली भोली हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली’

भनेर जुन खबरदारीयुक्त कविता रचना गरेका छन् त्यसले एकातिर प्रशासनमा बसेर भ्रष्टाचार गर्नेहरुको कानमा अहिले पनि त्यो सुइरोले घोचेजस्तै घोच्ने कुरा छ भने अर्कोतिर हामीकहाँ प्रशासनको चरित्र के कस्तो रहेछ र अहिले पनि कस्तो रहीरहेको यसले प्रष्ट पारेको छ।

हो, भानुभक्त समय निरपेक्षरुपमा सबै किसिमले सही थिए भनेर कसैले भन्न, दाबी गर्न सक्तैन र त्यसो गरिनु पनि हुन्न। त्यसैले उनलाई पनि अरुलाई जस्तै सबै अध्येता, आलोचक, समालोचकहरुले समय सापेक्षरुपमा हेरेर उनका कमजोर पक्षलाई औंल्याउँदै सबल पक्षलाई अघि बढाउनु सही हुन्छ। भानुभक्तलाई दमनकारी सत्तापक्षसँग मिसाएर उनले भाषा र साहित्यका माध्यमबाट नेपाली जनता र देशलाई पुर्याएको योगदान र दिएको सन्देशलाई अबमूल्यन गरिनुहुन्न। यसो गरेर आजको भाषा आन्दोनल र त्यसको संरक्षण र सम्वद्र्धनलाई मद्दत पनि पुग्दैन। बरु भानुभक्तलाई भाषा आन्दोनलको एउटा बीज भ्रुणको रुपमा लिएर अघि बढेमा त्यसले सफलताको बिन्दूतिर डोर्याउन र पुर्याउन अवश्य मद्दत गर्नेछ। यीनै शब्दकासाथ भानु जयन्तिको स्मरणीय अवसरमा नेपाली भाषा तथा साहित्यसेवी भानुप्रति शब्द श्रध्दा !

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक