काठमाडौं । नेपाली यू-२० महिला फुटबल टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले साफ च्याम्पियनसिप जितेर फर्कने जनाएका छन् । बंगलादेशमा भोलिदेखि सुरु हुन लागेको प्रतियोगिता अघिको प्रेस कन्फेरेन्समा उनले यस्तो जनाएका हुन् ।
‘हामीले राम्रो तयारी गरेका छौं, यहाँ सबै टिम उतिकै राम्रा छन्, तर पनि हामी जित्न भनेर आएका हौं र जित्छौं पनि’ उनले भने । गुरुङले यू-२० टोलीको प्रदर्शनले सिनियर टिमका लागि पनि खेलाडी ब्याकअप तयार गर्न महत्वपूर्ण हुने जनाए ।
नेपाली टोलीमा बिर्सना चौधरी (कप्तान) लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन् ।

