बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली महिला फुटबल टोलीको कप्तानबारेको विवाद नेपालमै हुँदा सुरु भएको पर्दा फास भएकाे छ । बुधबार एन्फाबाट आयोजित पत्रकार सम्मेलनमा कार्यकारी समितिकी सदस्य रहेकी सरिला श्रेष्ठले उक्त कुरा खुलाएकी हुन् । नेपाली टोली उज्बेकिस्तान जानुअघि नै कप्तान चयन गरौं भन्दा प्रशिक्षक प्याट्रिक डे वाइल्डले नमानेको उनको आरोप छ ।

‘हामीले यहीँ कप्तान तोकेर जाऊँ भन्दा उहाँले मान्नुभएन, उतै गएर गरौंला भन्नुभयो’ उनले भनिन् । त्यसबेला आफूहरूले उक्त कुरा मानेको बताउँदै उनले उता पुगिसकेपछि पनि प्रशिक्षकले खेल हुने दिनसम्मै आलटाल गरेको बताइन् । ‘खेल सुरु हुनुभन्दा ९० मिनेटअगाडि टिम लिस्ट दिनुपर्छ, त्यसबेलासम्म पनि उहाँले कप्तानबारे जानकारी गराउनुभएन’ उनले भनिन्, ‘तिमीहरूले नाम बाहिर दिन्छौ त्यहीभएर म अहिले दिन सक्दिनँ भनेर भन्नुभयो।’ त्यसपछि प्रशिक्षकले तोकिएको समयभन्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट दिएको बताइन् । त्यसमा पनि भिडियो देखाएर नै टिमको नाम हेर्न भनेको उनको भनाइ छ । ‘भिडियो देखाउँदा पनि त्यसमा कप्तान को हो भनेर लेखिएको थिएन, हामीले मैदानमा जानेबेला पनि सोध्यौं तर उहाँले भन्नुभएन, त्यसपछि हामीले सिनियर खेलाडी रेनुका नगरकोटे देखेर उहाँलाई कप्तान राखेर टिम लिस्ट एएफसीलाई पठायौं’ उनले भनिन् । ‘त्यसपछि खेल सुरु हुनुअघि रेनुकालाई आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले बल्ल रोक्नुभयो र साम्बा कप्तान भएको बताउनुभयो’ श्रेष्ठले भनिन्, ‘सावित्रालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्तिको विषय थिएन, नेपालमै हुँदा भनेको भएपनि समस्या थिएन, प्रशिक्षकले किन यस्तो गर्नुभयो थाहा भएन।’ ‘त्यसपछि टिम लिस्टमा अर्कै कप्तान भएपछि कारवाही हुन्छ कि भनेर प्रश्न गर्दा उहाँ आफैं चर्किन थाल्नुभयो, म्याच कमिस्नरले पनि यस विषयमा प्रश्न उठाएपछि उहाँले कसैको पनि कुरा सुन्नुभएन’ उनले अगाडि भनिन् । म्याच कमिस्नरले धेरैपटक प्रश्न उठाउँदा पनि प्रशिक्षक वाइल्डले वास्ता नगरेको श्रेष्ठले बताइन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक