आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

साना उद्यममाथि मृत्युदण्डको छायाँ

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
साना उद्यममाथि मृत्युदण्डको छायाँ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
रमेश कुमार बोहोरा
नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन क्षमताको विस्तार रोकिएको छ स्वरोजगारको अवसर घटेको छ र आर्थिक प्रणाली झन् आयातमुखी हुँदै गएको छ ।
२०८१ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल कर्जाको मात्र १०.९२ प्रतिशत मात्र लघु साना तथा मझौला क्षेत्रमा लगानी गरेका छन् । जबकि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्म यो अनुपात १२ प्रतिशत र २०८४ सम्म १५ प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ । हालको कर्जा प्रवाह दर हेर्दा आगामी लक्ष्य प्राप्ति असम्भवजस्तै देखिन्छ । बैंकहरूले लक्ष्यअनुसार कर्जा प्रवाह नगरे राष्ट्र बैंकले जरिवाना लिने व्यवस्था गरिसकेको छ तर धेरै बैंकहरू जोखिमबाट जोगिन हर्जाना तिर्न तयार देखिएका छन् ।
कर्जा प्रवाहका लागि क्षेत्रगत लक्ष्यअनुसार कृषि क्षेत्रमा ११ प्रतिशत, उर्जा क्षेत्रमा ६.५ प्रतिशत र साना तथा मझौला क्षेत्रमा ११–१५ प्रतिशत लगानी अनिवार्य गरिएको छ । हालसम्म यो लक्ष्यप्रति बैंकहरूको प्रदर्शन निराशाजनक छ । उदाहरणका लागि, कृषि विकास बैंकले मात्र २३.५२ प्रतिशत कर्जा साना तथा मझौला उद्यम क्षेत्रमा लगानी गरे पनि अधिकांश निजी बैंकहरू १० प्रतिशतभन्दा कममा सीमित छन् । एनआईसी एशिया बैंक १७.०१ प्रतिशतसहित अग्रणी छ भने नेपाल बैंक १२.८१ राष्ट्रिय वाणिज्य बैंक १६.२८ माछापुच्छ्रे बैंक ११.६९, सिद्धार्थ बैंक १०.६७ ग्लोबल आइएमई ११.०६ प्रतिशतमा छन् । यता, स्ट्यान्डर्ड चार्टर्ड ४.२५ हिमालयन बैंक ४.७९ एनएमबि बैंक ६.७० सानिमा बैंक ८.२६ जस्ता बैंकहरू भने निकै पछि परेका छन् ।
समस्या यत्ति मात्र होइन यस क्षेत्रमा प्रवाह भएको कर्जाको खराब कर्जा दर पनि चिन्ताजनक छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साना तथा मझौला क्षेत्रमा प्रवाह भएको कर्जाको औसत NPL दर ९ प्रतिशत पुगेको छ जुन सम्पूर्ण बैंकिङ क्षेत्रको औसत ५.२४ प्रतिशतभन्दा दोब्बर हो । यसले बैंकहरूलाई थप हतोत्साहित बनाएको छ । बैंकका अधिकारीहरू स्वयंले स्वीकार गर्छन् कि उत्पादनमुखी क्षेत्रमा लगानी गर्दा जोखिम बढ्ने देखिन्छ र फिर्ता हुने ग्यारेन्टी नभएकाले उनीहरू चालु पुँजी कर्जातर्फ आकर्षित छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका नायब महाप्रबन्धक राजेश शर्माका अनुसार अहिले साना तथा मझौला क्षेत्रका धेरै कर्जा निष्क्रिय भएको छ जसका कारण ऋण असुलीमा पनि समस्या आएको छ । यसैकारण बैंकहरूले नीतिगत रूपमा बाध्य हुँदाहुँदै पनि जोखिम मोल्न नसकेको अवस्था छ । अर्कोतर्फ एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाका अनुसार विगतदेखि नै MSME केन्द्रित रणनीति लिएकोले कर्जा प्रवाह सहज भएको हो । नयाँ उद्यम नआएको पुराना उद्यमहरू डिफल्टमा गएको र बजारमा माग नरहेको कारणले समस्या बढेको छ ।
राष्ट्र बैंकको निर्देशनले भने विकास बैंकहरूलाई कूल कर्जाको २० प्रतिशत र फाइनान्स कम्पनीहरूलाई १५ प्रतिशत कर्जा कृषि, उर्जा र MSME क्षेत्रमा लगानी गर्न बाध्य बनाएको छ। तर व्यवहारमा ती संस्थाहरू पनि लक्ष्यभन्दा निकै पछाडि छन् । कतिपयले औपचारिक रूपमा न्यूनतम लक्ष्य देखाए पनि वास्तविक लगानी उद्देश्यअनुरूप छैन ।
नयाँ उद्यम सुरु गर्ने वातावरण नरहेको पूँजी जुटाउने स्रोतको अभाव, सरकारी प्रक्रिया जटिल र अनुत्तरदायी भएको बैंकको धितो मूल्याङ्कन कठोर भएको र कर्जाको प्रक्रिया ढिलो भएको जस्ता कारणले साना व्यवसायीहरू कर्जाको पहुँचबाट वञ्चित छन् ।
साथै साना उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार ( प्रशिक्षण, सल्लाह, बजार पहुँच) को अभाव, कर्जाको माग घट्दै जानु, व्यवसायीहरूको मनोबल गिरनु र सरकारी सहजीकरण नहुनु पनि गहिरो समस्या हो । बैंकहरू आफैं पनि सूचनाको अभाव कारोबार नदेखिने साना व्यवसायीप्रति शंका र जोखिम मूल्याङ्कनमा कडाइका कारण झनै टाढा भएका छन् ।
अर्थशास्त्रीहरू भन्छन् यदि नेपालले साना उद्योग प्रवर्द्धन गर्न सकेन भने आयात प्रतिस्थापनको सपना अधुरै रहन्छ । रोजगारी सृजनामा गिरावट आउँछ र सन्तुलित क्षेत्रीय विकास सम्भव हुँदैन । यस्ता व्यवसायले अल्पपुँजीमा थोरै स्रोत प्रयोग गरी रोजगार दिन्छन् स्थानीय बजार समेट्छन् र कर प्रणालीमा समावेश हुँदै सरकारलाई राजस्व पनि दिन सक्छन् । तर अहिले बैंकहरूको मौनता र सरकारको उदासीनता यस क्षेत्रको मृत्युदण्डको संकेत बन्न थालेको छ ।
नीति निर्माणमा स्पष्टता ल्याउनुका साथै कार्यान्वयनमा सहजीकरण गर्न जरुरी छ । डिजिटल प्रणालीमार्फत कर्जा आवेदन, ग्यारेन्टी कोष विस्तार, क्षेत्रगत प्राथमिकता, सहकारी बैंक साझेदारी, अनुदान तथा कर छुट कार्यक्रम र प्रशिक्षण योजना लागु गर्न सकिए मात्र यस क्षेत्रमा नयाँ प्राण फुक्न सकिन्छ ।
हालसालैको राष्ट्र बैंकको चेतावनी अनुसार यदि बैंकहरूले तोकिएको कर्जा लक्ष्य नपुर्‍याए सो अनुपातमा कर्जामा लिने अधिकतम ब्याजदर अनुरूप हर्जाना लगाइनेछ । तीनमासिक हिसाबले हर्जाना गणना गरी आवश्यक रकम राष्ट्र बैंकलाई बुझाउनुपर्ने छ । बैंकहरूले जोखिम मोलेर साना व्यवसायमा लगानी गर्नुको सट्टा जरिवाना भुक्तानीलाई विकल्पको रूपमा लिएको संकेत देखिन थालेको छ ।
 साना तथा मझौला उद्यमलाई निरादर गर्नु भनेको नेपालजस्तो विकासशील मुलुकको आर्थिक मेरुदण्डमै प्रहार गर्नु हो । यिनै उद्यमहरूले रोजगारी सिर्जना, उत्पादन विस्तार, कर वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको जग बिस्तार गर्दै आएका छन्। तर पछिल्ला केही वर्षयता सरकारी नीति, बैंकिङ पहुँच र लगानी प्राथमिकतिमा यो क्षेत्रलाई निरन्तर निरादर गरिएको छ ।
(लेखक :– बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )

यो पनि पढ्नुहोस्

दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई आवासको व्यवस्था

दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई आवासको व्यवस्था

३८ मिनेट अगाडि
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन उद्योग बन्द गर्ने घोषणा

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन उद्योग बन्द गर्ने घोषणा

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

अमेरिकाले पाराग्वेमाथि सहज जित निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक