शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अभिव्यक्ति स्वतन्त्रताको नांगो संकुचन !

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था क्रमशः संकुचित बन्दै गएको छ । संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरे पनि पछिल्ला केही घटनाक्रमले देखाउँछ कि राज्य संयन्त्रले स्वतन्त्र आवाजमाथि नियन्त्रण गर्न खोजिरहेको छ । सरकारको आलोचना गर्ने वा व्यंग्य गर्ने सामान्य नागरिकदेखि मिडिया र पत्रकारसम्मलाई लक्षित गर्दै डर, दमन र कानुनी औजारमार्फत नियन्त्रण गर्ने प्रवृत्ति गहिरिँदो छ ।

हालै सरकारले ‘केरा गणतन्त्र’ लेखिएको टी–शर्टको बिक्रीमाथि प्रतिबन्ध लगाएको घटना यो प्रवृत्तिको ताजा उदाहरण हो । नेपालको मौलिक हकअन्तर्गत अभिव्यक्तिको स्वतन्त्रता भन्ने विषय सामान्यतया बोल्ने, लेख्ने वा प्रदर्शन गर्ने स्वतन्त्रतासँग जोडिन्छ । तर अब लुगामा लेखिएको व्यंग्यात्मक सन्देशसमेत राज्यको नजरमा ‘संवेदनशील’ वा ‘राष्ट्रघाती’ ठहरिन थालेको छ । के केवल ‘केरा गणतन्त्र’ लेखिएको कारणले कुनै टी–शर्ट राष्ट्रविरोधी हुन्छ ? सन्देशको अर्थ बुझ्न प्रयास गर्नुको साटो त्यसलाई नियन्त्रण गर्ने नीति अपनाउनु स्वेच्छाचारी मानसिकताको चिह्न हो ।

साथै, सरकारले संसदमा प्रस्तुत गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकले समेत गम्भीर चिन्ता पैदा गरेको छ । प्रस्तावित विधेयक अनुसार सामाजिक सञ्जालमा सरकारविरुद्ध भनिएको वा तथाकथित ‘गलत सूचना’ लेखेको आरोपमा व्यक्तिलाई पाँच वर्षसम्म कैद वा लाखौं रुपैयाँ जरिवाना गर्न सकिनेछ । यो प्रस्तावले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि ठूलो मनोवैज्ञानिक दबाब सिर्जना गर्नेछ । लोकतन्त्रमा सरकार आलोचना सहन सक्नुपर्ने संस्था हो, त्यसैका लागि पारदर्शिता र जवाफदेहिता आवश्यक मानिन्छ । तर यो विधेयकले आलोचनात्मक अभिव्यक्तिलाई आपराधिक ठहर गर्ने मार्ग खोल्छ ।

यसै क्रममा, साइबर अपराधको नाममा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि भइरहेको कारबाही पनि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने औजार बन्दै गएको छ । केही व्यक्तिले व्यंग्य पोस्ट गरेकाले मुद्दा खपेका छन्, केहीले सरकारी नीतिको आलोचना गरेकाले पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा २०२४÷२५ मा मात्र २० हजारभन्दा बढी उजुरी दर्ता भएका छन्, जसमा ११ हजारभन्दा बढी सामाजिक सञ्जाल दुरुपयोगसम्बन्धी छन् । यी मध्ये धेरै उजुरी सरकार, सार्वजनिक पदाधिकारी वा प्रभावशाली व्यक्तिविरुद्ध व्यंग्यात्मक वा आलोचनात्मक पोस्टसँग सम्बन्धित छन् । प्रश्न उठ्छ— के नागरिकले आफ्ना असन्तुष्टि सार्वजनिक रूपमा अभिव्यक्त गर्न पनि डराउनुपर्ने अवस्था आएको हो ?

यस्तै, नेपाली पत्रकार महासंघका अनुसार पछिल्लो वर्षमा मात्र ६० भन्दा बढी घटनामा पत्रकारहरूमाथि आक्रमण, धम्की, गिरफ्तार, या दमनका प्रयास भएका छन् । कतिपय घटनामा समाचार लेखेको कारणले पत्रकारलाई निशाना बनाइएको छ । दिलभूषण पाठक प्रकरण, कैलालीका सुरेश भुल र इटहरीका गोपाल दाहालमाथि भएको आक्रमण र धम्कीका घटना, दृष्टि साप्ताहिक, हिमाल खबरमाथि अलहेलनाका मुद्दाले स्पष्ट संकेत गर्छ कि सरकार वा प्रभावशाली शक्तिहरू स्वतन्त्र पत्रकारितासँग असहिष्णु बन्दै गएका छन् ।

सरकारी सञ्चारमाध्यमहरूले सत्ताको पक्षमा प्रशंसा गर्ने र आलोचना दबाउने रणनीति अवलम्बन गर्न थालेका छन् । स्वतन्त्र र आलोचनात्मक विचारहरूलाई प्रश्रय दिने माध्यमहरूमाथि बन्देज बढाउँदै लैजानु लोकतान्त्रिक अभ्यासकै खिल्ली हो । सरकारका अधिकारीहरूले यस्ता दमन र प्रतिबन्धलाई नियमनका नाममा प्रस्तुत गरिरहेका छन्, तर व्यवहारमा तिनले असहमतिलाई दबाउने, डर सिर्जना गर्ने र स्वतन्त्रतामा प्रतिबन्ध लगाउने काम गरिरहेका छन् ।

यी घटनाहरू छुट्टा छुट्टै देखिए पनि एउटै प्रवृत्तिको प्रतिनिधि हुन्— राज्य संयन्त्रले आलोचना सहन नसक्ने अवस्था । सरकार वा सरकारी अंगले जनताको असन्तुष्टि सुन्ने हैसियत गुमाउनु लोकतन्त्रकै जरो हल्लिने कुरा हो । टी–शर्टको सन्देश, सामाजिक सञ्जालको पोस्ट वा मिडियाको टिप्पणीलाई आपराधिक दृष्टिले हेर्न थालेपछि सिंगो अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्छ । अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुँदा सिंगो समाजको चेतना कमजोर हुन्छ । डर र संकोचबीच जनताले समस्या बोलेनन् भने समाधान कसरी खोज्ने ? मिडिया र नागरिक समाजले सवाल उठाउन सक्ने वातावरण नै नभए जनउत्तरदायी शासन कसरी सम्भव हुन्छ ? त्यसैले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु केवल संविधानको रक्षा होइन, लोकतान्त्रिक जीवनशैलीको आवश्यक शर्त हो ।

सत्ताले आलोचना सहन सक्नुपर्छ । यदि सरकार वा संस्थाप्रति असन्तुष्टि प्रकट गर्नु नै ‘देशद्रोह’ हो भन्ने मानसिकता बलियो बनाइयो भने, नागरिक स्वतन्त्रता क्रमशः सीमित हुँदै जान्छ । आज ‘केरा गणतन्त्र’ लेखिएको लुगा बन्देजमा पर्छ, भोलि त्यस शब्द बोल्न नपाउने अवस्था पनि आउन सक्छ । आज सामाजिक सञ्जालको व्यंग्य बन्द हुन्छ, भोलि सम्पूर्ण असहमतिलाई कारबाही गरिन्छ । यस्तो अवस्था आउनु स्वयं शासक वर्गका लागि खतराको घन्टी पनि हो भन्ने बुझ्नुपर्छ ।

अतः सरकार, राजनीतिक दल, नागरिक समाज, पत्रकारिता र आम जनताले मिलेर अभिव्यक्ति स्वतन्त्रताको मूल्य बचाउनुपर्ने बेला आएको छ । यो स्वतन्त्रता जनताको अधिकार मात्र होइन, शासनलाई उत्तरदायी बनाउने मूल आधार पनि हो । यसलाई कमजोर बनाउने जुनसुकै प्रयास सत्ताको सुदृढीकरण होइन, लोकतन्त्रको पतनतर्फको बाटो हो ।

जनधारणा साप्ताहिक

 

 

 

 

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

२ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक